पत्रकार चन्दलाई पक्राउ गर्नुको कारणसहित सर्वोच्च अदालतमा पेश गर्न आदेश


मंसिर १७, काठमाडौ । सर्वोच्च अदालतले पत्रकार गोपाल चन्दलाई पक्राउ गर्नुको कारणसहित सर्वोच्च अदालतमा पेश गर्न आदेश दिएको छ । दीपककुमार कार्कीको एकल ईजलासले पोष्टपाटी डटकमका सम्पादक चन्दलाई २४ घण्टाभित्र अदालतमा पेश गर्न आज आदेश दिएको हो ।

पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड विरुद्ध अफवाह फैलाउने समाचार लेखको आरोपमा सम्पादक चन्दलाई महानगरीय प्रहरी अपराध महाशाखाले मंसिर ११ गते पक्राउ गेरेको थियो । विनाकारण पक्राउ गरिएको भन्दै चन्दका भाई रमेश डाँगीले आइतबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

१७ मंसिर २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको