चिनियाँ कम्पनि लिंक स्याराे नेटवर्क ले विश्वभर फ्रि वाइफाइ पुर्याउने लक्ष्य लिएकाे छ। निकट भविष्यमा नै यसले अन्तरिक्षमा स्यालाईट प्रक्षेपन गर्दैछ। यदि याे कम्पनीको याेजना सफल भएमा सन २०२० बाट विश्वका सबै मानिसले स्याटलाइटकाे माध्यमबाट सिधै हाई स्पिड वाईफाई इन्टरनेट प्राप्त गर्नेछन।
कम्पनीका अनुसार अागामी बर्ष चिनकाे गाँसु प्रान्त स्थित जिउकुअाङ प्रक्षेपन केन्दबाट स्याटलाइट लन्च गरिने छ।
सन २०२० सम्ममा अन्तरिक्षमा त्यस्ता १० वटा स्याटलाईट पठाउने याेजना रहेकाे छ।
यसैगरी सन २०२६ सम्ममा अन्तरिक्षमा लिंक स्याराे का यस्ता २ सय ७२ स्याटलाइट हुनेछन। त्यसले विश्वभर निशुल्क वाईफाई नेटवर्क उपलब्ध गराउने छ। याे याेजना सफल बनाउन झण्डै ५ हजार कराेड रुपैयाँ बराबरकाे लगानि लाग्ने कम्पनी सिईअाे ले बताएका छन। टेलिकम नेटवर्क तथा अन्य इन्टरनेट प्रदायकहरु नपुगेकाे ठाउँमा र पुग्न सम्भव नभएका ठाउँमा समेत उक्त नेटवर्क ले काम गर्नेछ। रिपाेर्टका अनुसार अहिले विश्वभर ३ अर्ब भन्दा धेरै मानिसले इन्टरनेट प्रयाेग गर्न पाएका छैन्न।
त्यस्तै स्पेस एक्स नामक कम्पनिले यहि बर्ष अन्तरिक्षमा ७ हजार स्टारलिंक स्याटलाईट पठाउने स्वीकृति पाएकाे छ।उक्त कम्पनिले केही वर्ष भित्रैमा अन्तरीक्षबाट पृथ्वीमा इन्टरनेट सेवा उपलब्ध गराउनका लागि १६ सय स्याटलाईट अन्तरीक्षमा प्रक्षेपण गर्नेछ ।
स्पेस एक्सका सँगै गुगल, वनवेब तथा टेलिस्याटजस्ता कम्पनीहरु ले पनि यस्तो प्रकारको योजना ल्याउने तयारीमा लागिरहेका छन। यदि सबै योजना सफल भएमा यी कम्पनीहरुका स्याटलाईट तथा बेलुनहरुले पनि अन्तरीक्षबाट पृथ्वीमा हाइस्पिड इन्टरनेट सेवा उपलब्ध गराउने छन।
प्रतिक्रिया दिनुहोस