असोज १७ रोल्पा । सत्ताधारी नेकपाकाे गतिविधि पूरै शून्य भइरहँदा विप्लव नेकपाकाे गतिवधि भने जिल्लाका विभिन्न गाउँ गाउँमा पुगेकाे छ । ‘सत्ताधारी नेकपा शहर पसेको छ, विद्रोही नेकपा गाउँ पसेको छ’ आजभोलि यस्तै कानेखुसी चल्छ रोल्पाका गाउँघरमा ।
चार महिने अभियान लिएर नेकपाका कार्यकर्ताहरू राेल्पाका हरेक गाउँ र हरेक टाेलमा पुगेका छन् । अभियानका क्रममा सुनिल स्मृति गाउँ पालिकाको सुलिचौर बजारमा सयौं जनताको सहभागितामा भब्य आमसभा सम्पन्न भएकाे छ ।
सभालाई सम्बोधन गर्दै सुवेदीले जिल्लामा जुन गाउँपालिका र वडापालिकाहरूले जनतालार्इ सताउने गर्छ, त्यसलार्इ अाफ्नाे पार्टीले कार्वाहीकाे निशाना बनाउने चेतावनी दिए ।
“हामीले जनताका जनजीबिका, जनतन्त्र, सुशासन र स्वाधीनताका आवाज बुलन्द बनाइरदा जुन वडा पालिका र जुन गा पा ले सबैभन्दा बढी जनतालाई सताइरहेकोे छ तेहि नै हाम्रो पहिलो निशानामा पर्छ ।”
सुरक्षाकर्मीहरूलार्इ विप्लव नेकपासँग सहकार्य गरेर अगाडि बढ्न सेक्रेटरी सुवेदीले अाग्रह गरे । “सुरक्षाकर्मी दाजुभाइहरू सक्नुहुन्छ तपाईं हामी मिलेर देशको सिमाना मिचिएको ठाँउमा गएर भारतीय साम्राज्यवादका विरुद्ध लडाैं । होइन भने तपाईंहरुको हतियार हामीलाई सापटी दिनुस् हामी लड्छौं ।”
माथिकाे अादेश भन्दै अाफुहरूलार्इ गिरफ्तार नगर्न प्रहरीलार्इ उनले थप अाग्रह समेत गरे । ”तपाईंहरु माथीको आदेश भन्दै हामीलाई धरपक्ड गिरफ्तार नगर्नुहोस् देश रहेन भने तपाईहरु पनि रहनुहुदैन”
पार्टीकाे पछिल्ला गतिविधीहरूले विप्लव नेकपाले राेल्पा क्रान्तिकारीहरूकाे अाधार क्षेत्र हाे भन्ने पुष्टी भएकाे साे पार्टीका नेताहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस