असोज १७ काठमाडौं । घरदेश छोडेर परदेश पसेका नेपालीहरुमा समर्पित दशैँ तिहार विशेष नयाँ लोकगित बजारमा आएको छ । चर्चित गायक शान्ति श्री परियार र हरि डाँगीको मिठो आवाजमा सजिएको लोक गित ‘ऋण’ दशैँ तिहार बिशेष रहेको छ ।
लोक बहादुर महतारा क्षेत्रीको निर्माणमा रहेको उक्त गीतमा गायक हरि डाँगीको म्युजिक संकलन रहेको छ भने भिडियो अभिनयमा हरि डाँगी र सपना ओलीको रहेको छ ।
तरेली संगीत कुन्जको प्रस्तुति रहेको म्युजिक भिडियोलाई रेशम सापकोटाले निर्देशन गरेका छन् । ऋण गीतको शब्द निर्माता महतारा क्षेत्रीको रहेको छ । उक्त म्युजिक भिडियो युटुबमा दर्शकहरुले रुचाए रहेका छन् ।
लोक गायक हरि डाँगीले बिशेषगरि परदेशीहरुको कथा ब्यथामा आधारित लोक गीतहरु धेरै पटक बजारमा ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस