भाटभटेनी अनलाइनलाई इसेवा पसलमा रि-ब्राण्डिङ गरी काराेबार सुरु


भदाै १८, काठमाडौं । भाटभटेनी अनलाइन डटकमलाई इसेवापसल डट कमका रुपमा रि–ब्राण्डिङ गरी एफवान सफ्ट ईन्टरनेशनल प्रा. लि.ले इसेवा पसलको औपचारिक रूपमा कारोबार सुरूवात गरेकाे छ ।

अाज राजधानीकाे एक कार्यक्रमका बिच काराेबार सुरु गरिएकाे हाे । इसेवा पसल डटकमका सिइओ मनिस श्रेष्ठले भन्नुभयाे “अबको भविष्य भनेकै अनलाइन सपिङको हो ।

हामी ग्राहकलाई सर्व शुलभ मूल्यमा उच्च्तम सेवा प्रदान गर्नेछौं ” । इसेवा पसलको औपचारिक उद्घाटन गरेको अवसरमा आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दे विभिन्न किसिमका छुट योजना सार्वजनिक गरेको छ ।

छुट योजनाअनुसार ग्राहकहरूले इसेवा पसलमा सामान किन्दा इसेवा मार्फत रकम भुक्तानी गर्दा ५ प्रतिशत सम्म क्यास ब्याक पाउन सकिनेछन भने नबिल बैंकको भिसा कार्ड मार्फत अनलाइन रकम भुक्तानी गर्दा २५ प्रतिशत र कार्ड अन डेलिभरी गर्दा १० प्रतिशत क्यास ब्याक पाइने छ।

इसेवा पसलले किस्तावन्दीमा सामान किन्न सकिने सुविधाका साथसाथै दशै लाई मध्य नजर गरेर सामान किन्दा लक्की ड्र मार्फत आफ्ना ग्राहक लाई विभिन्न किसिम का ग्राहक उपहार योजना ल्याउने भएकाे छ। इसेवा पसलले सामान अर्डर गरेको २४ घण्टा भित्र निशुल्क सामान डेलिभरी गर्ने समेत जनाएको छ ।

इसेवा पसलमा इसेवा लगायत नेपालका अधिकांश बैंकका मोबाईल बैंकिङ, ईबैंकिङ र कार्डमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

१८ भाद्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको