भदौ १८, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा कृषिलाई आधुनिकीकरण र कलकारखाना, उद्योगधन्दाको स्थापना गरी विदेशिएका युवालाई स्वदेश फर्काउन राज्यले तदारुकता देखाउनुपर्नेमा जोड दिएका छन् ।
म्याग्दे गाउँपालिका–१ स्थित गुणादी खोलामा निर्माण गरिएको मोटर चल्ने पक्की पुलको आज उद्घाटन गर्दै उनले जिल्लामा खानेपानी, बाटो, बिजुलीलगायतका ठूला योजना राख्न आफूले केन्द्रीय तहमा पहल गर्ने बताए।
जिल्ला समन्वय समितिद्वारा निर्मित उक्त पुल ३५ मिटर लामो रहेको छ। करीब रु दुई करोड ८० लाखको लागतमा उक्त पुल निर्माण भएको हो। उक्त पुल निर्माणपछि त्यस क्षेत्रका करीब ५० घरधुरीका बासिन्दा लाभान्वित हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस