स्वतन्त्रता हनन् हुन नदिन नागरिक समाज जागरुक हुनुपर्छ: भट्टराई


भदौ १८, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नागरिक समाज जागरुक भएमा मात्र राज्यले नागरिकको स्वतन्त्रता हनन् गर्न नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित ‘संघीय नेपालमा नागरिक समाजको समस्या, अवसर र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टराईले संविधान अनुसार कानुन निर्माणको काममा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराए।

डा. भट्टराईले समावेशीताको हिसावले नेपालको संविधान विश्वकै उन्नत रहेकोे दावी गर्दै त्यसलाई कार्यान्वयन गर्न भने सबैले पहल गर्नुपर्ने पनि स्पष्ट पारे।

उनले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा ध्यान दिन नागरिक समाजका अगुवाहरुलाई आग्रह पनि गरेका छन्। संयोजक भट्टराईले संवैधानिक व्यवस्था अनुसार कानुन निर्माण गर्न सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

उनले सामाजिक संघ, संस्थाहरुको स्वतन्त्रता हनन् हुन नदिने गरी कानुन बनाउन लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

संयोजक भट्टराइले सामाजिक संघ, संस्थाहरुको नियमनको कामलाई पनि कडाईका साथ अघि बढाउने कानुन निर्माण गर्न लागिएको पनि जानकारी दिए।

१८ भाद्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको