सल्यानमा घर भत्किएर पुरिएका ३ बालबालिकाको शव निकालियाे


भदौ १८, सल्यान । सल्यानकाे बागचौर नगरपालिका- १२ बाफुखाेला ओख्रेनी मुलखोलामा घर भत्किएर पुरिएका तिन जना बालबालिकाकाे सव निकालिएकाे छ ।

अाइतबार बेलुका स्थानीय बालाराम डाँगीकाे घर पहिराेले भत्किदा उनका ३ जना छाेराछाेरी पुरिएका थिए । घटनास्थलमा राति १२ बजे प्रहरी पुगेर सव निकालिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी विरेन्द्र शाहीले जानकारी दिए ।

ज्यान गुमाउनेमा ८ बर्षीया ललिता डाँगी, ६ बर्षका तलिल डाँगी र ४ बर्षीया मेनुका डाँगी रहेका छन् ।

अविरल बर्षाले घर माथिकाे माटाेसँगैकाे जमिन खस्दा घरकाे भित्ता भत्किएर भान्सा काेठामा अाेगाे तापिरहेका बालबालिकालार्इ पुरेकाे प्रहरीले जनाएकाे छ । अामाबुबा गाेठमा भैसी दुन गएकाे बेला अागाे तापिरहेका तिन बालबालिकालार्इ पहिराेसँगै घरकाे भित्ताले पुरेकाे थियाे ।

अहिले घटनास्थलमा अाफु सहितकाे प्रहरी टाेली जान लागेकाे डिएसपी शाहीले बताएका छन् । घटनास्थल सदरमुकाम खलंगादेखि पुर्वी उत्तरी राेल्पा र रूकुमसँग जाेडिएकाले टाढा भएकाे र बाटाे अफ्ठ्याराे भएकाेले हिडेर जानुपर्ने हुँदा पुग्न केहि समय लाग्ने उनले बताए ।

१८ भाद्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस