८४ करोडको पर्खाइमाा पुर्वलडाकु


भदौ १८, काठमाडौँ । सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ झन्डै ३ बर्षदेखि नहुँदा बहिर्गमित जनमुक्ति सेनाले ८४ करोड रुपियाँ पाउन सकेका छैनन् ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७३/०७४ मा बहिर्गमित रकम उपलब्ध गराउने निर्णय गरेको थियो । अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित ३० जनाले सो निर्णयविरुद्ध २०७३ साउनमा सर्वोच्चमा निवेदन दर्ता गराउनुभएको थियो ।

सो रिट ३१ पटक सरे पनि अझै सुनुवाई हुन नसकेको बहिर्गमित जनमुक्ति सेना नेपालका उपाध्यक्ष योग्यबहादुर कार्कीले जानकारी दिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।

उनले भने, आरणसहित ३० जनाले मन्त्रिपरिषदलार्य विपक्षी बनाएर रिट दायर गराएको कारण निवेदनमाथि कुनै निर्णय हनु नसक्दा हामी बहिर्गमित जनमुक्ति सेना घर न घाटको भएका छौँ ।

संगठनको तथ्यांकअनुसार देशभर ४ हजार ९ जनाले बहिर्गमित जनमुक्ति सेना छन् । जसमध्ये २ हजार २ सय महिला लडाकु रहेका छन् ।

१८ भाद्र २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको