महात्मा गान्धी यस्तो अवस्थामा पनि आफ्नै बहिनीसँग सुत्ने गर्थे


आफ्नै बहिनीसँग नांगै सुत्थे महात्मा गान्धीसारा भारत वर्षले ‘बापू’ भनेर पूजा गरेका महात्मा गान्धी के पुजिनलायक थिए त ? आउनुहोस् थाहा पाउनुहोस् अहिंसाको आन्दोलन चलाएर विशाल बेलायतको उपनिवेशलाई भारतबाट खेदाउने श्रेय पाएका गान्धीको वास्तविकता :

सन् १९०६ मा जब गान्धीले ब्रम्हचार्य धारण गरी बस्ने फैसला गरे त्यसबेला उनी ३८ वर्षका मात्र थिए । वास्तवमा गान्धीजी कामवासनाले मनमा हिंसा भाव उत्पन्न गराँउछ भन्ने विचार गर्दथे । त्यसैले उनले आफ्नी पत्नीलाई त्यागसमेत गरेका थिए । उनी सम्पूर्णरुपमा आत्मिक जीवन बिताउन चाहन्थे ।

यसका लागि उनले विभिन्न प्रयोगहरु गरेर हेरे । त्यसमध्ये किशोरीहरुसँग एउटै ओच्छ्यानमा निर्वस्त्रसमेत सुत्ने गर्दथे । ती किशोरीहरुको बीचमा उनकी आफ्नी बहिनी मन्नु पनि सुत्ने गर्थिन् । गान्धी रातभर बिना बस्त्र बहिनीसँग सुत्ने गर्थे, आफू उत्तेजित हुन्छु वा हुँदिन भन्ने थाहा पाउनका लागि ।

गान्धीले भारतका विभिन्न शहरमा त्यस्ता आश्रमहरु निर्माण गरे जहाँ उनी हरेक रात ३ वा ४ जना कुमारीसँग नांगै सुत्ने गर्थे । त्यसताका यो खवर भारतभर सनसनी भएर फैलियो, हल्ला फैलाउनेमा गान्धीका स्वकीय सचिव निर्मल बोस थिए । जब यो खवर पण्डित जवाहरलाल नेहरुसम्म पुग्यो, उनले गान्धीलाई यस्तो कार्य अधर्म हुने सल्लाह दिएका थिए । तर त्यसबेला गान्धीले आफू सहोदर बहिनीलगायत अरु किशारीहरुसँग केवल आफ्नो ब्रम्हचार्यको परीक्षण गर्नका लागि मात्र निर्वस्त्र सुतेको र कुनै अनैतिक कार्य नभएको स्पष्टीकरण दिएका थिए ।

उनको आश्रममा एकै साथ लक्का जवान युवाहरुलाई नांगै भएर नुहाउन र सँगै सुत्न आदेश दिइन्थ्यो । आश्रममा पतिपत्नीलाई एकैसाथ सुत्न बर्जित गरिएको थियो र यदि कसैलाई कामोत्तेजना आइहालेमा अत्यन्त चिसोपानीमा चोबल्ने गरिन्थ्यो ।

१९ पुष २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको