गायिका प्रशना पाण्डेको स्वरमा रहेको ‘मायाको न्यानो पन’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गोविन्द प्रसाद उपाध्यायको शब्द तथा अनिल शाहीको संगीत रहेको गीतको भिडियोलाई आकर्षक बनाइएको छ ।
दुबईमा छायांकन गरिएको भिडियोमा मेरी कुशुमका नायक मोहन बोगटी र गायिका प्रशना प्रस्तुत छन् । सुरेश राउतले सम्पादन गरेको भिडियोको निर्देशन र छायांकन रोहित विक्रम कार्कीले गरेका हुन् ।
भिडियोमा अभिनय गरेका नायक बोगटी अभिनीत तथा निर्मित चलचित्र ‘मेरी कुशुस’ यसै वर्ष प्रदर्शनमा आएको थियो । उनी चाँडै आर्को नयाँ चलचित्रको तयारीमा छन् ।
दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरेका नायक बोगटीसँग ‘मायाको न्यानो पन’ बोलको गीतको म्यूजिक भिडियोमा प्रशनाको जोडी गज्जबको देखिन्छ ।
भिडियो :-
प्रतिक्रिया दिनुहोस