नेपाल मगर संघ युएई विघटन भयो (विज्ञप्ति सहित)


युएईमा आफ्नो पहिचान खोज्दै २०६२ सालमा स्थापना भएको नेपाल मगर संघ पूर्णरुपमा युएई विघटन भएको छ । २८ डिसेम्बर २०१७ मा बसेको नेपाल मगर संघको अन्तिम ११औं बैठकले संघलाई बिघटन गरेको हो।

संघका अध्यक्ष शुसी पुलामी मगर र महासचिव केहर सिङ श्रीस मगर द्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ‘विभिन्न बहानामा नृत्यनाटक गर्नको निम्ति मात्र जातिय संस्थाको व्यानर देखाई रहनु आफ्नै जातिको निम्ति धोका एवं ठगी हो भन्ने हाम्रो समाजको ठम्याई रहेको हुँदा, संघकि अध्यक्ष शुशी पुलामि मगरको अध्यक्षता र प्रमुख सम्रक्षक यम राना मगरको आतिथ्यतामा युएईको आबुधाबी एअरपोर्टरोड पेप्सिकलामा बसेको संघको ११ औं बैठकले, आजको मिति २८ डिसेम्बर २०१७ वाट नेपाल मगर संघ युएईको कुनै अस्तित्व नरहनेगरी विघटन गरिएको छ।’

संसारभर रहेका विभिन्न नामका नेपाली जातिय संघ संस्थाहरु लाई विघटन गर्न समेत विज्ञप्ति द्वारा आग्रह गर्दै समय सापेक्ष तर्क र वष्तुवादी निर्णय गर्न, सरोकारवाला सम्पूर्ण जातिय संघ संस्थाहरुलाई आव्हान गरेको छ ।

सवै राजनैतिक दलमा आस्था र विश्वास राख्ने, खस-आर्य, आदिवासी जनजाति, मुल्लिम, मधेसी र शिल्पी समुदायका पहिचान र समाजिक-न्यायमा विश्वास गर्ने पहिचानवादीहरुले ‘पहिचानबादी महासभा’ गठन गर्न आवस्यक किटानी गर्दै पहल कदमीका लागि आव्हान समेत गरेको छ।

हेर्नुहोस नेपाल मगर संघ युएईको प्रेस विज्ञप्तिको पूर्णपाठ:-

नेपाल मगर संघ युएई,विघटन गरिएको सम्बन्धमा,

०१ जनवरी २०१८

प्रेष विज्ञप्ति।

निरंकुश पन्चायती व्यवस्थादेखि नै,समाज सुधारका विभिन्न बहानामा, आफ्नो जातिको,पहिचान र अधिकार सुनिश्चितताको निम्ति विभिन्न रुपमा देखिएका जातिय संघ संस्थाहरु, देश बहुदलीय व्यवस्थामा प्रवेशको ०४६/४७ को छणमा अस्तित्वमा देखिए। मुलुकमा ०६२/६३ मा गणतन्त्र आउँदा र तत्पश्चात प्रथम सम्विधान विघटन नहुदासम्म जातिय संघ संस्थाको भूमिका महत्त्वपूर्ण रह्यो।

कतिथ दोर्सो सम्विधान निर्वाचन र नश्लिल राज्य-सत्ताको षडयन्त्रमाजारी भएको नश्लिल सम्विधान २०७२ मा, आफ्नो पहिचान र अधिकार प्राप्तगर्न निर्माण भएका जातिय संघ-संस्था प्राय:मृत अवस्थामा देखिए। अर्थात कुनैपनी भूमिकाविहिन् रहे। पहिचान र अधिकारका निम्ति गठित जातीय संस्थाहरू, आफ्नो पहिचान र अधिकार प्राप्ती भूमिकामा दिशाहिन अर्थात मृततुल्य देखिनु मात्रै होइन, झन् पछिल्लो कालखण्डमा सम्पूर्ण जातिय संस्था केवल नृत्यनाटक, क्लबले जस्तै नाच-गान देखाउने “डमी” शो पिस को रूपमा मात्र सीमित हुनपुग्नु जातीय संस्थाहरुको औचित्य समाप्त भएको स्पष्ट देखिन्छ।
भने अर्को तर्फ खस-आर्य भएपनि, आदिवासी जनजातिका ऐतिहासिक पहिचान, देशका सम्पती हुन्, यसको संरक्षण र सम्बर्द्धन गर्नु देशभक्त प्रत्येक नागरिकको कर्तव्य हो, भन्ने बुझेर सामाजिकन्याय र राष्ट्रियताको लडाई लड्ने भवानी वराल, विश्लेषक सिके लाल, दिपेन्द्र झा, खगेन्द्र संग्रौला, डा.सुन्दरमणि दिक्षित र युग पाठक आदी बिद्वान र उहाँहरु जस्तै गैर जनजाति न्यायप्रेमी साथिहरुलाई पहिचान र अधिकारप्राप्तिको आन्दोलनहरूमा साथमा लिएर जान तथा उहाँहरूको भूमिकाको समुचित सम्मान गर्न जनजातिका जातिय संघ संस्थाहरुमा उहाँहरु पहिचानवादी भएपनी गैर जनजातिहरुलाई आफ्नो जातिय संघ-संस्थाहरुको बैठक-सभाहरुमा सरिक गराउन प्राविधिक समस्या परेकोले, न्याय, समानता र सह-अस्तित्वमा विश्वास गर्ने खस-आर्य, मधिसे, मुस्लिम र शिल्पिहरु मिलेर पहिचान र अधिकारको निम्ति हुने आन्दोलनमा आधिवेरी नल्याएसम्म चट्टान जस्तै जमेर बसेको नश्लिल शासक र र्तिनिहरुका पिछलग्गु झोले जनजातिहरु गल्ने अवस्था देखिदैन।

यस्तो विषम अवस्थामा नेपाली उखान”….टाउको दुखेको दवाई नाइटोमा लगाई” गरेर विभिन्न बाहानामा नृत्यनाटक गर्नको निम्ति मात्र जातिय संस्थाको व्यानर देखाई रहनु,आफ्नै जातिको निम्ति धोका एवं ठगी हो भन्ने हाम्रो समाजको ठम्याई रहेको हुँदा, संघकि अध्यक्ष शुशी पुलामि मगरको अध्यक्षता र प्रमुख सम्रक्षक यम राना मगरको आतिथ्यतामा युएईको आबुधाबी एअरपोर्टरोड पेप्सिकलामा बसेको संघको ११ औं बैठकले, आजको मिति २८ डिसेम्बर २०१७ वाट नेपाल मगर संघ युएईको कुनै अस्तित्व नरहनेगरी विघटन गरिएको छ।

साथै संसारभर रहेका विभिन्न नामका नेपाली जातिय संघ संस्था विघटन गर्न एवं समय सापेक्ष तर्क र वष्तुवादी निर्णय गर्न, सरोकारवाला सम्पूर्ण जातिय संघ संस्था एवं सथिहरुमा आव्हान गर्दै, सवै राजनैतिक दलमा आस्था र विश्वास राख्ने,खस-आर्य,आदिवासी जनजाति, मुल्लिम, मधिसे र शिल्पी समुदायका पहिचान र समाजिक-न्यायमा विश्वास गर्ने पहिचानवादी साथिहरुमा पहिचानवादी महासभा गठन गर्नुको निम्ति, आ-आफ्नो ठाउँबाट आवस्यक पहल कदमी लिनुहुन हार्दिक आव्हान गरिएको छ।

हर सिंह श्रीस मगर (महासचिव)

शुशी पुलामी मगर (अध्यक्ष)

 

१९ पुष २०७४, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको