एजेन्सी, पुस १९
यसै सिजन बार्सिलोनामा आबद्ध भएका सर्वाधिक दोश्रो महँगा युवा फरवार्ड उसामान डेम्बेले चोटबाट मुक्त भएका छन् । २० वर्षीय फ्रेन्च खेलाडी करिब तीन महिनायता चोट बोकेर मैदानबाहिर रहँदै आएका थिए ।
बार्सिलोनाको आधिकारिक वेबसाइटका अनुसार डेम्बलेको मेडिकल रिपोर्ट आएको छ । उनले डिस्चार्ज पाएका छन् । अब उनी मैदान फर्किन सक्षम छन् ।
क्बलले जनाएअनुसार डेम्बले कोपा डेल रे अन्तर्गत बिहीबार हुने सेल्टा भिगोविरुद्धको खेलबाट मैदान फर्किंर्दैछन् । बार्सिलोना प्रशिक्षक एर्नेस्टो भाल्भर्डेले बिहीबारको खेलबाट डेम्बेलेलाई मैदान फर्काउन लागेको बताएका हुन् ।
बोरुसिया डर्टमुन्डबाट सिजनको सुरुमा बार्सिलोनामा अनुबन्ध भएका डेम्बले क्लबका लागि तेस्रो खेल खेल्नेक्रममा चोटग्रस्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस