पुर्णिमा सेन ठकुरीको मौलिक भाका “आँखैमा झलल” सार्वजनिक (भिडियो सहित)


पोष्टपाटी, काठमाडौं-
पुर्वी रुकुमकी चेली, सुमधुर स्वरकी धनी गायिका पुर्णिमा सेन ठकुरीको मौलिक भाका आँखैमा झललको म्युजिक भिडियो सार्वजनिक भएको छ । बिन्ध्यावासिनी म्युजिक प्रा.ली.को ब्यानरमा बिरही कार्कीको शब्द, लय र संगीत रहेको उक्त गीतमा बिरही कार्की र पुर्णिमा सेन ठकुरीले आवाज भर्नु भएको छ ।

 

वि. स्टार फिल्मस् प्रा. लि.ले दृश्य निर्माण गरेको उक्त भिडियोको निर्देशन बिक्रम चौहान, छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिकले गर्नु भएको हो । म्युजिक भिडियोमा अहिलेको चर्चित मोडेल आरुसी मगर र बिक्रम चौहानको अभिनय रहेको छ ।

२०७४ पुष १९,बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको