निर्मला पन्तको न्यायका लागि देशभर बिप्लवको बिरोध प्रदर्शन [झलकहरु]


मङ्सिर १६, काठमान्डौ । बिप्लव नेतृत्वको नेकपाले निर्मला पन्तको न्यायका लागि आइतबार देशका ७७ वटै जिल्लामा जनप्रदर्शन गरेको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि राज्यद्वारा न्याय दिन नसकेको भन्दै देशब्यापी बिरोध प्रदर्शन गरेको हो ।

निर्मला पन्तको न्यायको लागि भन्दै उनको गृहजिल्ला कञ्चनपुरको महेन्द्रनगर लगाएत देशका विभिन्न ठाउहरुमा नेकपाको आयोजनामा बिरोध प्रदर्शन भएको छ । निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर! निर्मलालाई न्याय दे! एकिकृतजनक्रान्ति जिन्दावाद! जस्ता नाराहरु लगाउदै जुलुससहित बृहत जनप्रदर्शन भएका छन् ।

यो सरकार र व्यवस्थाले अपराधीको संरक्षण गरेको आरोप लगाउदै नेकपाको नेतृत्वमा ठाउँठाउँमा जुलुस र्याली प्रदर्शन भएको छ । बिरोध सभामा जनसमुदायको सहभागिता उलेख्य देखिएको छ ।

निर्मलाको गृह जिल्लामा प्रदर्शन 

चार महिना बितिसक्दा पनि सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै विप्लव नेतृत्वाको नेपाल कम्युनिष्ट पार्टीले कञ्चनपुरमा जनप्रदर्शन गरेको छ । निर्मलाको न्यायका लागि दवाव दिन भन्दै विप्लव समूहले घोषण गरेको देशव्यापी कार्यक्रम अनुसार कञ्चनपुरमा पनि आइतबार जनप्रदर्शन गरेको हो ।

सरकारले अपराधिलाई संरक्षण गरेकाले हत्यारा पत्ता लगाउन दवाव दिन आफूहरुले देशैभर जनप्रदर्शन गरेको नेकपा (विप्लव) का महाकाली अञ्चल इन्चार्ज वीरेन्द्र शाहले बताए ।

विप्लवले आह्वान गरेको जनप्रदर्शनमा विद्यालय तथा क्याम्पसका विद्यार्थी, अधिकारकर्मीलगायत हजारौंको संख्यामा प्रदर्शनकारीको उपस्थिति रहेको थियो ।

प्रदर्शनकारीले निर्मलालाई न्यायको माग गर्दै नाराबाजी गरेका थिए । महेन्द्रनगरको स्थानीय स्थानीय दशरथ चोकबाट निस्किएको ¥याली बजारको परिक्रमा गर्दै संविधान चोकमा गएर जनसभामा परिणत भएको थियो ।

१६ मंसिर २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको