पक्राउ परेका पत्रकार चन्दको रिहाईको लागी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर


मङ्सिर १६, काठमान्डौ । पक्राउ परेका पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई रिहाईको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ ।

चन्दका भाई रमेश डाँगीले आज सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन ।

रिटमा गृहमन्त्रालयलाई विपक्षी बनाईएको छ ।

पुर्ब प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुस्प कमल दाहाल ‘प्रचण्ड’को बिषयमा अफवाह फैलाउने समाचार लेखेको अरोपमा मंसिर ११ गते काठमाण्डौंको मनमैजुबाट महानगरीय अपराध महाशाखाले चन्दलाई पक्राउ गरेको थियो ।

उहाँलाई महानगरीय प्रहरी परिसर टेकुमामा राखिएको छ।

२०७५ मंसिर १६,आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको