साझेदारीबाट दिगो शान्ति कायम हुने नगर प्रमुख शर्माको बिश्वास


ज्ञानु गौतम/कार्तिक १६, रुकुम । समुदायसँगको साझेदारीबाट मात्रै दिगो शान्ति कायम हुने चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्माले विश्वास व्यक्त गर्नुभएको छ । शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको आज चौरजहारीमा शुभारम्भ गर्दे नगर प्रमुख शर्माले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने मुलुकको सपना साकार पार्न शान्ति र सुरक्षा सुनिश्चित हुनुपर्ने बताउनु भयो ।

प्रहरीले मात्रै शान्तिसुरक्षा कायम गर्न नसक्ने भएकाले साझेदारी कार्यक्रममा सक्रिय हुन समुदायलाई आग्रह समेत गर्नुभयो । मदिरा र लागुऔषधको दुरुपयोगले हिंसा र अपराध बढेकामा चिन्ता प्रकट गर्दै नगर प्रमुख शर्माले यसलाई निस्तेज पार्न सबै लाग्नुपर्ने धारणा राख्नु भयो ।

प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्गसंस्था तथा विद्यालयसँग साझेदारी रहने गरी सञ्चालन गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको नगर प्रमुख बिशाल शर्माले मैन बत्ति बालेर शुभारम्भ भएको घोषणा गर्नुभएको थियो ।

कार्यक्रमको अवधारणा प्रस्तुत गर्दै प्रहरी निरीक्षक प्रकाश चन्द्र गुप्ताले समाजमा शान्तिसुरक्षामा समुदायसँग समन्वय गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारको लक्ष्य प्राप्त गर्न अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

१६ कार्तिक २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको