असोज १६, काठमाडौँ । ६६ दिन लामाे प्रहरी हिरासतबाट नेपाल कम्युनिस्ट पार्टीका नेता मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ रिहा भएका छन् ।
बन्दी प्रत्यक्षीकरणको रिटमाथि मंगलबार बहस गर्दै सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । गैरकानूनी थुनामा राखेको भन्दै गम्भीरका छोरा चेतन शर्माले दायर गरेको रिटमाथिको न्यायाधीश अनिलकुमार सिन्हा र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले रिहा गर्न आदेश दिएको हो ।
रिट निवेदनमा नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, गृहमन्त्रालय, संखुवासभा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत संखुवासभालगायतलाई विपक्षी बनाइएको थियो ।
दुबै नेतालाई साउन १० गते काठमाडौंको नागढुंगाबाट प्रहरीले गिरफ्तार गरी झुटा मुद्दा लगाउँदै विभिन्न जिल्लाहरुमा पुर्याएको थियो । तर, प्रहरीले लगाएको कुनै पनि आरोप पुष्ट नभएको भन्दै सर्वोच्चले पटकपटक रिहा गर्न आदेश दिँदै आएको थियो ।
यसअघि पार्टीका प्रवक्ता प्रकाण्ड, नेतृ उमा भुजेल र आजाद केसी सर्वोच्वको आदेशमा रिहा भइसकेका छन् । रिहा पछि दुबै नेतालाई कार्यकर्ता, परिवार, समर्थक र शुभचिन्तकहरुले स्वागत गरेका थिए ।
भाेली बुधवार नेकपाका दुर्इ पाेलिटव्युराे सदस्य पदम रार्इ र अाेम प्रकाश पुनलार्इ पनि सर्वाेच्चमा उपस्थित गराउने भएकाे छ । संभवत यी दुर्इ नेताहरू पनि रिहा हुने निश्चित रहेकाे सरकारी वार्ता टाेलीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस