असाेज १६ काठमान्डाै। के तपाईकाे मुख गनाउछ। के तपाईलाई मुख गनाउने समस्याबाट कसरी छुटकारा पाउने भन्ने बारेमा थाहा छैन भने अाज हामी तपाईलाई केही जानकारी दिदैछाै।
१) खाना खाईसकेपछि एउटा गेडा सुकमेल मुखमा च्याप्ने बानिले मुख गनाउने समस्या बाट बिस्तारै छुटकारा पाउन सकिन्छ। सुकमेललाई मुख गनाउने अाैषधिकाे रुपमा प्रयाेग गर्न सकिन्छ।
२) खाना खाइसकेपछि धनियाकाे पात चपाउने बानिले मुख गनाउने समस्याबाट मुक्ति पाउन सकिन्छ। यसले सासलाई फ्रेस बनाउन र दुर्गन्ध हटाउने काम गर्छ।
३) ल्वाङकाे प्रयाेगले सासलाई स्वच्छ र सुगन्धित पार्ने गर्छ। ल्वाङले सर्दि भगाउनेमा पनि मदत गर्छ।
४) प्राकृतिक रुपमा सास गनाउने समस्याबाट टाढा रहन पुदिनाकाे प्रयाेग गर्नुपर्छ। तर यसकाे नियमित प्रयाेग अावश्यक छ।यसलाइ प्राकृतिक माउथ फ्रेसरकाे रुपमा पनि लिईन्छ।
५) स्वस्थ स्वासप्रस्वासमा अम्बा र अनारकाे प्रयाेगले धेरै ठुलाे भुमिका खेल्छ। यसकाे प्रयाेगले श्वासलाई स्वच्छ र पाचन प्रणालीमा समेत राम्रो भुमिका निर्वाह गर्छ।
प्रतिक्रिया दिनुहोस