असोज १६, काठमाडौँ । सरकारी अनुगमन टोलीले बानेश्वरमा रहेको संगम स्विट्समा शिलबन्दी गरेको छ।
अनुगमनका क्रममा अखाद्य पदार्थ र न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि उक्त मिठाइ पसलमा शिलबन्दी गरिएको हो ।
जिल्ला प्रशासन काठमाडौं, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य अनुसनधान अधिकृत ईश्वर सुवेदीको नेतृत्वमा गएको टोलीले अनुगमन गर्दा मिठाइमा अखाद्य पदार्थ भेटिएको गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिए।
उनका अनुसार उत्पादन कारखानामा समेत शिलबन्दी गरिएको छ । अनुगमनका क्रममा खानेकुरामा ‘हाइड्रो वान’ केमिकल भेटिएको छ । पसलमा अखाद्य तेलको प्रयोग हुनुका साथै भान्सासमेत फोहोर रहेको उपभोक्ताकर्मी माधव तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार सञ्चालकलाई ३ दिनभित्रमा स्पष्टिकरणसहित विभागमा आउन भनिएको छ ।
प्रतिक्रिया दिनुहोस