काठमाडौ । भन्छन नि ‘रक्तदान जीवनदान’ रक्तदान गर्नु भनेकाे कसैलाई नयाँ जीवन दिनु हाे।कसैको जीवन बचाईदिनु हाे । कसैलाई याे धर्तिमा फेरि पाईला टेकाउनु हाे।
अाज हामी तपाईलाई रक्तदान गर्दा केके कुरामा ध्यान दिने भन्ने बारेमा जानकारी दिदैछाै।
१-रक्तदान गर्ने उमेर भनेकाे १८ देखि ६० बर्षसम्मकाे उमेर समुहलाई भनिन्छ।
२ रक्तदान गर्ने मानिसकाे ताैल ४५ किलाेग्राम ( केजी ) भन्दा बढि हुनुपर्दछ।
३-रक्तदान गर्ने व्यक्तिलाई एड्स मधुमेह मलेरिया जन्डिस क्षयराेग तथा याैन राेगहरु लागेकाे हुनु हुदैन।
४-यदि तपाईले मदिरा सेवन गर्नु भएकाे छ भने मदिरा र लागुपदार्थ सेवन गरेकाे २४ धण्टा भित्र रक्तदान गर्नु हुदैन।
५-एकपटक रक्तदान गरेकाे ३ महिनापछि मात्र फेरि रक्तदान गर्न सकिन्छ।
६ गर्भवति ६ महिना नपुगेको सुत्केरी महिनावारी भईरहेकाे समयमा पनि रक्तदान गर्नु हुदैन ।
७ रक्तदान गर्ने व्यक्तिकाे शरिरिमा हेमाेग्लाेविन १० भन्दा कम हुनुहुदैन।
८ रक्तदान गर्नुभन्दा ३ घण्टा अगाडि पाषिलाे खाना खानु राम्रो हुन्छ। र रक्तदानकाे समयमा जुसकाे सेवन गर्दा स्वास्थ्य मा फाईदा पुग्छ। यस्ताे खानाले थकाई नलाग्ने पनि हुन्छ।
प्रतिक्रिया दिनुहोस