असोज १६, दाङ । दाङमा नेपाल एयरलाईन्सले तुलसीपुरको टरिगाउँ एयरपोर्टको सफल परिक्षण गरेको छ ।
प्राबिधिक सहितको टोलीले मंगलबार टरिगाउँ एयरपोर्टको परीक्षण गरेका हुन् । परीक्षणका क्रममा क्याप्टेन आङ्नुरी सेर्पाले विमान सञ्चालनका लागि प्राबिधिक कठिनाई नरहेको बताएका थिए ।
विहान साढे ११ बजे एयरपोर्टमा नेपाल एयरलाईन्सको डाँफे बिमान अबतरण गरेको थियो । साथै प्राबिधिक टोलीले विमान सञ्चालनका लागि कुनै समस्या नहुँने भन्दै नियमित सेवा सञ्चालन गर्न सकिने बताएको थियो ।
तुलसीपुर उपमहानगरपालिकासंग सम्झौता गरेर हप्तामा कति दिन बिमान सेवा सञ्चालन हुने र भाडा कति हुने भन्ने बिषयमा टुंगो लाग्ने छ ।
बिगत लामो समय देखि टरिगाउँ एयरपोर्ट नियमित सञ्चालन हुन सकेको छैन् । जसले गर्दा यहाँका नागरिकमा निरासा छाएको थियो । तर तुलसीपुर उपमहानगरपालिकाले बिमान सेवा नियमित बनाउन पहल थालिरहेको छ ।
प्रतिक्रिया दिनुहोस