कञ्चनपुरमा फेरी तनाब, सरकारी गाडीमा तोडफोड


असोज १६, कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका वास्तविक हत्यारा सार्वजनिक गर्न माग राख्दै आन्दोलित प्रदर्शनकारीले सरकारी वकिल कार्यालय कञ्चनपुरको गाडीमा तोडफोड गरेका छन् ।

बा२झ २७१५ नम्बरको कार्यालयको गाडीको शीशा तोडफोड भएको छ । सरकारले बलात्कारी–हत्यारा पत्ता लगाउन ढिलासुस्ती गरिरहेको भन्दै प्रदर्शनकारी मंगलवारदेखि आक्रामक भएका छन् ।

पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म बन्द आह्वान गरिएको नेपाल विद्यार्थी संघले जनाएको छ । बन्दका कारण शिक्षण संस्था, विद्यालय, कलकारखाना, उद्योग बजार बन्द छन् ।

सरकारले वास्तविक हत्यारा सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै नेविसंघ आन्दोलनमा उत्रेको छ ।

१६ आश्विन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको