मैले चिन्न नसकेको ‘तिमि’


तिमि अर्थात मध्य आदरमा बढी प्रयोग गरिने शब्द, सुन्दा लाग्छ तिमिको कुनै अर्थ छ कि रतर, अहिले सम्म त्यसको बारेमा कुनै पनि अर्थ थाहा पाएको भने छैन,  मैले पनि तिमि शब्द त धेरै प्रयोग गर्छु तर मलाई नि थाहा छैन कि किन यो शब्द प्रयोग गर्दैछु । यो शब्द कहाँ कस्तोलाई प्रयोग गर्ने भन्ने नै थाहा छैन । कतै साथिलाई तिमि, कतै आफु भन्दा सानोलाई तिमि कतै नचिनेको मान्छेलाई तिमि, कतै दिदिबहिनी, दाजुभाईलाई तिमि हुदा हुदा ग्रुरु र आमा बुबालाई समेत तिमि भन्ने गर्छन जसले गर्दा मैले तिमिको अर्थ बुझ्न सकिन अझै भनौ तिमिलाई चिन्न सकिन ।

कुरो एकदिनको, म गाउमा हुर्केको मान्छे पढ्न भनि शहर छिरे अनि कलेजमा सुरुको दिनमा साथिहरु संग भेटघाट, बोलाए साथि हजुरको घर कहाँ रुरु साथीको जवाफ मलाई तपाईहैन तिमि भन्ने गर । म त गाउमा सस्कार सिकेको मान्छे, सानो छदा नै तपाई भन्न सिकेको मान्छे त्यति छिटै तपाई भन्न कहाँ सक्थे र रु त्यै पनि कोसिस गरे मान्छे न हो कोसिस गरेपछि के गर्न सक्दैन र रु अनि सबैलाई तिमिले नै सम्बोदन गर्न थाले तर गुरुलाई चाहि तिमि भन्न सकिन ।

यस्तै गर्दागर्दै १ वर्ष बितेछ भनौ चाडबाड आएछ गाउबाट आएको मान्छे चाडबाड मनाउन गाउमै फर्किए ्र गाउमा उमेरमा म भन्दा साना काकाहरु थिए मैले सुरु मै भन्दिए के छ काका तिम्रो खबर रु सुन्ने ले सिधै भन्दिए शहर गएर त सबै बिर्सिछस त रु म पनि त्यति भनेपछि केहि बोल्न सकिन त घरतिर लागे । सोच्दै रहे शहरमा तिमि भन्दा कसैले पनि केहि भनेन फेरी यहाँ यस्तै प्रशन आफैलाई गरे गरेर नि के गर्नु किन कि मैले अझै पनि तिमि अर्थ बुझेको थिएन अझै भनौ तिमीलाई चिनेको थिएन । भो छोडौ अब म तिमिलाई चिन्न पनि सक्दैन ।

यस्तै यस्तै मैले अर्को तिमिको अर्थ खोज्न थाले तिमिु क्या तिमि कुरो मिलाएर बुझ्नुस म २० वर्ष भैसके नि त हह बुझ्नु भयो नि त्यही क्या तिमि सुत्दा पनि तिमि, खादा पनि तिमि मोबाइलमा तिमि जता सुकै तिमि तर यसको नि अर्थ थाहा पाउन सकिन भनौ न यो तिमीलाई पनि चिन्न सकिन । सुत्न थाल्यो तिम्रो याद आउने निन्द्रा तिम्रै देख्ने तर जसको सपना र जसको निन्द्रा अगाडी याद गरे त्यसकै कहिले पनि चिन्न सकिन , को हौ तिमि  ।

तिमिलाई चिन्न के के गरिन सपना सम्झेने कोसिस गरे, सामाजिक संजालको प्रयोग गरे सर्च एइजिनको प्रयोग गरे, आकिर्ती बनाउन खोजे तर तिमीलाई कहिले चिन्न सकिन । भो अब धेरै चिन्ने कोसिस गर्दैन किनकि मैले चिन्न जति मिहिनेत गरे नि त्यति मिहेनत अब म गर्न सक्दैन । त्यसैले तिमि सधै तिमिमै सिमित भयौ मैले तिमीलाई चिन्न जति कोसिस गर्दा नि चिन्न सकिन ।

१६ आश्विन २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको