भदौ १७, सल्यान । सल्यानमा फेरी पहिराे जाँदा एकै घरका तिन जना बालबालिका पुरिएका छन् ।
जिल्लाकाे बागचौर नगरपालिका- १२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाङ्गीकाे घर अाज बेलुका ५ बजेतिर पहिरोमा पर्दा उनका २ छोरी १ छोरा पुरिएका छन् । पहिराेमा पुरिने सबै भन्दा ठुलो उमेर ८ वर्षीया बालिका रहेको स्थानीयले बताएका छन् ।
च्यापिएका बालबालिकाकाे खोजी गर्न नेपाली सेना, नेपाल प्रहरी घटना स्थलमा जाने तयारी गरेका छन् ।घटनाको थप विवरण आउन बाकी छ ।
यसअघि मात्रै भदौ १२ गते बागचौर नगरपालिका वडा नम्बर ४ मा एक घरको दलिन भाँचिएर भित्ता भत्किदा एकै घरका ५ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस