भदौ १७ काठमाडौं। ‘घरमा खान छैन, मलाई स्कुलबाट निकाल्दिनु’ भनेर प्राध्यापकलाई कारुणिक पत्र लेख्ने गरिव पुजाले युकेबाट समाज सेवी इशा गुरुङको सहयोग पाएकी छन्। पुजा खत्रीले गरिबीका कारण स्कुल पढ्न नपाउने खबर युकेमा बस्ने इशा गुरुंगले थाहा पाएपछी आफ्नो तर्फबाट अन द सपोर्ट १ लाख सहयोग दिने घोषणा गरेकी थिइन् ।
उनको सहयोगलाई होस्टेमा हैसे गर्दै हरक्षण इशाको सहयोगी साथ् दिन तयार हुने सहयोगी मनहरुबाट केवल ४/५ दिनमा २ लाख ३७ हजार २ सय सहयोग जुटेको थियो।
उक्त सहयोग रकम चर्चित पत्रकार रबि लामिछानेले आफ्नो सिधाकुरा जनता संग कार्यक्रमको स्टुडियोमै पुजा खत्रीलाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण हुँदा पुजाले अध्यन गर्ने बिद्यालयका प्रध्यापक पनि उपस्थित थिए ।
इशा गुरुङको सहयोग पाएपछि पुजा खत्रीले खुसि व्यक्त गर्दै धन्यवाद दिएकी छन् । पुजाले भनिन ‘इशा गुरुङले आफ्नो छोरी जस्तै सम्झेर मेरोलागि पैसा जुटाउनु भयो, दिदीलाई धेरै धेरै धन्यवाद’।
इशा गुरुङको सहयोग पाएर पढ्न पाए भबिस्यमा आफु जस्तै गरिव पुजाहरुलाई सहयोग गर्ने उनको अठोट छ । आफु सरकारी स्कुलमा पढेर भएपनि आफ्ना ३ जना भाइबहिनिहरू बोर्डिंग पढाउने उनको ठुलो रहर छ ।
पुजाका सपनाहरु पुरा गर्न सहयोग गर्ने, धन भन्दा मन ठुलो भएका इशाहरुलाई नमन छ ।
***
यो पनि पढ्नु होस
प्रतिक्रिया दिनुहोस