भदौ १७, काठमाडौँ । प्रदेश २ सरकारले दिएको सार्वजनिक विदालाई सरकारी कार्यालयले फेरी अवज्ञा गरेको भन्दै प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादबले नेपाल रास्ट्र बैंकमा धर्ना दिएका छन् ।
आईतवार प्रदेश सरकारले कृष्ण जन्माष्टमीको अवसरमा दिएको सार्वजनिक विदालाई नेपाल राष्ट्र बैंकले अटेरी गरेको उनको आरोप छ । संघीय सरकार मातहत रहेको राष्ट्रबैंकले आधिकारीक बिदा नभएको भन्दै प्रदेश सरकारको विदा अस्वीकार गरेको छ ।
यसअघि प्रदेश सरकारले इस्लाम धर्माबलम्बीको पर्व इदको अवसरमा सार्वजनिक विदा दिएको थियो । तर, प्रदेश २ मा रहेका संघीय सरकार मातहतका सरकारी कार्यालयहरुले विदा कार्यान्वयन गरेनन् ।
यसैगरी जनैपुर्णिमा तथा रक्षाबन्धनको उपलक्ष्यमा पनि प्रदेश सरकारले दिएको सार्वजनिक विदा राष्ट्र बैंकाकले पालना नगरेपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव स्वयंले तालाबन्दी गरिदिएका थिए ।
संघीय सरकार मातहत रहेका राष्ट्र बैंक खुलेको भएपनि अन्य सरकारी कार्यालयहरु बन्द नै छन् ।
प्रतिक्रिया दिनुहोस