होटेलमा श्रीमतीको हत्या गरे श्रीमान् फरार भएपछि…


भदौ १७, काठमाडौं । काठमाडौंको बसुन्धारास्थित एक होटेलमा आफ्नै श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका छन् ।

बसुन्धारास्थित स्पीड गेस्ट हाउटको कोठा नम्बर १०१ मा आफ्नै श्रीमतीको हत्या गरी श्रीमान् फरार भएका हुन् । भदौ ७ गते (बिहीवार)बाट धादिङका २२ वर्षीय मिलन परियार र १८ वर्षीया लक्ष्मी परियारले स्पीड गेस्ट हाउसको १०१ नम्बर कोठामा भाडामा लिएका थिए ।

१३ गतेदेखि ढोका बन्द गरिएको कोठामा १५ गते गन्ध आउन थालेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले कोठा खोल्दा लक्ष्मीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीले जानकारी दिए ।

प्रहरीका अनुसार लक्ष्मीको १२ गते राति हत्या भएको थियो । हत्याका कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइसकेको जनाएको छ ।

प्रहरीका अनुसार लक्ष्मी र मिलन यसअघि ७–८ पटक होटेलमा बसिसकेका थिए । २ पटक त उनीहरु आफ्नो आमाबुवासहित होटेलमा बस्न आएको होटेल सञ्चालकले प्रहरीलाई जनाएका छन् ।

१७ भाद्र २०७५, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको