भदौ १७, काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १३ घण्टापछि खुलेको छ । यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएपछि १३ घण्टादेखि बन्द भएको थियाे ।
शनिबार राति करिब पौने ९ बजे दुर्घटना भएपछि बन्द भएको विमानस्थल आइतबार बिहान करिब साढे ८ बजेबाट सञ्चालनमा आएको हो । विमान दुर्घटना भएपछि विमानस्थलबाट गए रातिदेखि नै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प भएको थियो । १३ घण्टायता करिब १२ वटा राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान रोकिएका थिए ।
त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार नागरिक उड्डयन प्राधिकरण, विमानस्थलका कर्मचारी, सुरक्षाकर्मीको संयुक्त टोलीले विमानलाई तानेर धावनमार्गबाट पार्किङवेमा पुर्याएका छन् । त्यसलगत्तै धावनमार्गमा सरसफाइ गरेर विमानस्थल सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
नेपालगञ्जबाट चालक दलका सदस्यसहित २१ यात्रु लिएर आएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लेर घाँसे मैदानमा पुगेपछि विदेशबाट आएका अन्य जहाज अवतरणका क्रममा चिप्लीएको थियो ।
प्रतिक्रिया दिनुहोस