दिल बहादुर उद्दारको लागि रोल्पाली समाज जापानद्वारा १ लाख १० हजार सहयोग


साउन १६, जापान । साउदीमा ब्लडमनि सजाय भोगिरहेका दिल बहादुर घर्तीको लागि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज जापानद्वारा १ लाख १० हजार रकम संकलन गरेको जनाएको छ । उक्त रकम अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रिय समितिलाई पठाई सकेको संयोजक कमल बाँठाले बताए ।

अध्यनको शिलशिलामा जापानमा रहेका विद्यार्थीहरुले पार्ट टाइम जव गर्दै जुटाएको आफ्नो खर्चबाट कटौती गरेर दिल बहादुरको उद्दार अभियानलाई आर्थिक सहयोग जुटाएको समाजले बताएको छ ।

उक्त आर्थिक अभियानमा संस्थाका अध्यक्ष कमल बाँठा, सह-अध्यक्ष केपी ओली र ओम डाँगी, महासचिव भिम बुढाथोकी, सचिव हरिभक्त ओली, कोषाध्यक्ष शान्ति घर्तिमगर, सहकोषाध्यक्ष निर्माण बुढा लगाएत अन्य समाजका सदस्यहरुको पहल रहेको थियो ।

दिल बहादुर उद्दारको लागि उठेको रकम अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले यहि शनिबार एक कार्यक्रम बिच हस्तान्तरण गर्ने केन्द्रीय अध्यक्ष सन्दिप थापाले बताएका छन् ।

घर्तीले चलाएको ट्रकले ठक्कर दिंदा साउदीका एक स्थानीय नागरिकको निधन भएको थियो । उक्त दुर्घटना पश्चात साउदीको पुनरावेदन अदालतले दिल बहादुर घर्तीलाई ७% गल्ति ठहरगरि मृतकको परिवारलाई २२५,००० रियाल (करिव ६५ लाख नेपाली रुपैयाँ) ब्लडमनि बापत क्षेतिर्पूित दिनुपर्ने फैसला गरेको छ ।

 

१७ श्रावण २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको