सनसनीपूर्ण खुलासा :राष्ट्रघातीको पर्दाफास गर्न खोज्दा रबिसंग सहयोग मागे मारिदिने धम्कि (भिडियो)


देश चलाउने राजनीतिज्ञ र देश लुट्ने ठेकेदारलाई रवी लामिछानेको चोटिलो झटारोः

यो मुलुकलाई समृद्ध पार्छु भनेर कुर्लीनेहरु, चुनाव जित्नेहरु र हार्नेहरु सबैलाई आ आफ्नो टिभीको भोलुम बढाउन अनुरोध गर्न चाहान्छु । समृद्धीको बढेमानको गफ दिनु भन्दा अगाडि मुग्लीन नारायणगढ सडक खण्डमा जानु होला । मुलुकलाई जोड्ने महत्वपुर्ण राजमार्गको यो दशा भएको कति बर्ष भो ? जाबो ३३ किलोमिटरको बाटो बनाउन बर्षौ लगाउनेहरुले रेलका, मेट्रोका, फ्लाईओभरका कुरा नगरे हुन्छ । आँफु प्लेन वा हेलिकप्टर चडेर जिल्ला जिल्ला जाने । सडकबाट जान परेपनि साइरन बजाएर सबैलाई पन्छाउदैँ जाने अनि जनताको पिर मर्का, दुख, गुनासो बारे थाहा चाँही कसरी पाउनु हुन्छ ?

जनता प्रत्येक दिन घण्टौँ सम्म जाममा फस्न बाध्य छन् । महिला, वृद्ववृद्वा, बिरामी, गर्भवती अनि स साना बालबालिकाहरुको हालत हेर्नु भएको छ ? एक दिन होइन २ दिन होइन बर्षौ सम्म जाबो ३३ किमी सडक बनाउन नसक्नेले रेल, मेट्रो, फ्लाई ओभरको गफ किन दिने ? दिन रात काम गरेर बाटो घाटो बनाएर जनतालाई सुख दिनुको साटो २४ घण्टा कमिशनको चक्करमा चाकडि बजाउनेहरुले कमिशन ज्युनार गरेर पनि सडक बनाएनन् । बर्षायाम आउनु पुर्व हजारौँ कामदार लगाएर तयार गर्नुपर्ने बाटोमा कामको गति हे¥यो भने लाज मर्दो छ । २÷४ जना कामदार छन्, एउटा स्क्याभेटरले टुकटुक खनेको छ, ठेकेदार ईन्जिनिरहरु नजिकैको भट्टीमा लोकल कुखुरा र सोमरस लिदै देश बनाउने कुरा गर्दैछन् ।

ठेक्काको म्याद सकियो भने थप्यो, बर्षौसम्म काम गरेपनि नबन्ने, बनेपनि कमजोर बाटो बनायो बस्यो । कछुवाले पनि हाई काड्ने गति, कठै । यो देशका बाटाघाटा बनाउने जिम्मा पाएका र जिम्मा दिने निकायका धेरै मानिसले देशको बाटो बनाएनन् बरु आँफु र आफ्नो परिवार बस्ने घर बाटै छेउमा किने वा बनाए । संसारका प्राय सबै देशका मन्त्रीहरु आफ्नो मन्त्रालय अन्तगतको विभाग र कार्यालयले राम्रो काम गर्न नसकेमा लाज मान्छन् । हामीकोमा त उल्टो छ । गर्व गर्छन ।

जिन्दगी भर मन्त्री बनेकाहरुले देशको प्रमुख मार्गको ३३ किलोमिटर बाटो बनाउन समेत आधा दशक बिताई दिए । जिवनभर मन्त्री र प्रधानमन्त्री बनेकाहरुलाई राम्ररी थाहा छ मुलुकको टेण्डर प्रकृया, ठेक्का हत्याउने भित्री खेल । तैपनि कमिशनले बुझो लागेको मुख, यो कन्त विजोग बषौँ हेरिरहँदा पनि चुपचाप छ । बरु सडक बनाउने धेरै हाकिमसावहरु छुट्टी मनाउन विदेश गए, विदेशका चिल्ला फराकिला सडकमा गुडे तर फर्केर आफ्नो देशको बाटो चिल्लो बनाउन त परै जाओस, खाल्डा खुल्डी पनि पुरेनन् तर सडक बनाउने जिम्मा पाएका सबका सबको अनुहार चाँही चिल्लो छ, क्या चिल्लो छ ।

नागरिकता बनाउँदा स्याङ्जामा १ लाख २० हजार घुस, विश्व च्याम्पियनशिपमा नेपालका नक्कली खेलाडी, राष्ट्रको इज्जत र प्रतिष्ठा माथी खेलाबाड गर्ने यस्ता धेरै व्यक्ति र गिरोह खेलकुद क्षेत्रमा छन् । संसद सचिवालयमा गाडी बनाएको विलबाटै लाखौको भ्रष्ट्राचार

हेर्नुस भिडियो आजको बेजोड भाग

१८ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको