सुचना प्रबिधि अधिकृत पदमा दरखास्त दिन नपाउने भएपछी एसोसिएसनले गर्यो बिरोध ।


लोकसेवा आयोग र संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले स्थानीय तहको करार सेवामा सुचना प्रबिधि अधिकृतको (IT Officer) शैक्षिक योग्यताको मापदण्ड निर्धारण गरेपछी उक्त बिषयलाई लिएर नेपाल इन्जीनियर्स एशोसियसनले बिरोध जनाएको छ ।

सुचना प्रबिधि अधिकृतको (IT Officer) शैक्षिक योग्यताको मापदण्ड अन्तर्गत इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन (E & C) इन्जिनियरिङमा स्नातकोपाधि हासिल इन्जीनियरले उक्त पदमा दरखास्त दिन नपाउने मापदण्ड लोकसेवा आयोग र संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले बनाएको छ। इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङबाट स्नातक गरेकाहरुले दरखास्त दिन नपाउने निर्णय प्रति आपत्ति जनाउदै देशका युवाहरुलाई अन्याय भएको समेत एशोसियसनको बिज्ञप्तिमा उल्लेख छ  ।

उक्त पदमा अहिलेसम्म इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ गरेकाले पनि कार्य गर्दै आएको र अहिले आएर योग्यतामा नराखिएकोले एशोसियसनको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । साथै नेपालमा निक्कै कम रोजगारि पाउने इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङमा यो अवसर पनि कटौती गरेकाले देशका थुप्रै युवाहरुलाई नेपालमै बसेर काम गर्ने वातावरण अबरोध भएर विदेश पलायन हुने बताउदै सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्सन गराएको छ ।

संबन्धित निकायले उक्त कुराको बेवास्ता गरे उक्त प्रावधानका बिरुद्द कडा संघर्ष गर्ने चेतावनी समेत दिएको छ ।

हेर्नुहोस बिज्ञप्ति !

 

१८ पुष २०७४, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको