ढाका के हो ?


पासाङ शेर्पा

मुगल साम्राज्य र संस्कृतिको विस्तार संगै एसियाई इस्लामिक समाजमा लोकप्रिय भएको “ढकाइ” वा “जामदानी” बुनाइ नै पछिल्लो समयमा नेपाली ढाकाको रुपमा नेपालमा समेत प्रचलित भएको हो, त्यसैकारण यसको नाम पनि बंगलादेशको राजधानी “ढाका” कै नाममा आधारित छ र अहिले पनि यो बुनाइ मुस्लिम आवादी बढि भएको भारतको उत्तर प्रदेश राज्य र ढाका शहर वरपर उत्तिकै चलनमा रहेको छ ।

नेपालमा नेपाली ढाका टोपी, ढाकाको चोली लगायत पछिल्लो समयमा खतकको वैकल्पिक नमुनाहरु समेत यहि “ढाका” बुनाइमा बन्ने गरेको छ तर यहा स्मरण गर्नु पर्ने कुरा के हो भने ढाकाको लागि आवश्यक पर्ने “धागो” नेपालमा बन्दैन, नेपालमा बुनाइको काम मात्र हुने हो यसर्थ “ढाका जन्य” वस्तुहरुको लागि पनि वर्षेनी करोडौ रुपैया विदेश गैरहेको सिधै देखिन्छ भने अहिले बजारमा चलिरहेको खतकलाइ ढाकाको खास्टो, गलबन्दी, फेटाहरुले बिस्थापित गरेर राज्यलाइ फाइदा चै कसरि हुन्छ त ?

अहिले बजारमा पाइने खतकको पनि प्रसोधनको काम त नेपालमै पनि हुने गरेको छ, छपाइ लगायत अन्य सबै कार्य नेपालमै हुने गरेको छ, जसले सयौले रोजगारी समेत पाएका छन् , व्यवहारिक र आर्थिक दृष्टिकोणले हेर्ने हो भने पनि यो विस्थापनको कुनै तुक छैन, कि त कच्चा पदार्थ सबै नेपाल मै उत्पादन गरिनु पर्यो हैन भने आवरणमा मात्र नेपालीपन देखाएर चलिरहेको संस्कृति माथि धावा बोल्ने काम हुनु हुदैन ।

नेपाल र नेपालीको पहिचान भनेकै आदिवासी जनजातिको पहिचान हो, भगवान बुद्ध र बौद्ध धर्म नेपालको पहिचान हो ।

लेखक -जनजाति महासंघ युएईका अध्यक्ष हुन् 

२०७४ पुष १८,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको