मेरो देश
आच्चम्को देश
बिबिधताको देश
के-के हो के- के……
कता हो कत्ता
कत्ति हो कत्ती
पहिचानै हराय जस्तो
रङ्ग आकार हरायजस्तो
न बुझनै सकिने
न गुमाउन सकिने
हामी निमुखाले
न खान सकिने
न ओकेलनै सकिने
न ढाटि भन्नू पर्दा
यो देश को राजनीति
यहाँ का नेता
अनि
यहीँ भिडमा
उरल्ने जनता हरु
अनि म
000
आशा नि लाग्छ
ठुलो हुल देखेर
उत्साही हुन्छु
यक्लै- यक्लै
अनि
झ्स्काउछ क्षण भरिमा
तिन्का
अतितका लिला र कलाले
यता पट्टि
ती हुल देख्छु
मन
गर्ल्याम गुर्लुमै भैइदिन्छ
अनि मेरो अगाडि
चित्कार्मात्रै सुनिन्छन
रोइरहेका
छटपटाईरहेका
शान्ति र बाच्ने आशामा
टलपलारहेका नयनहरु
आशा र अभिलाषा
अनि
लाचार निर्दोष
अनुहारहरु…..
यो यहि परोबेस होईन
यो यहि देश होईन
के उहीँ हामी पात्र होइनौं
यो देश को काचुली फेर्ने भन्दै
मर्ने र मार्नेको बाजि खेलने
कस्ले जित्यो आज
कस्ले हार्यो आज
महासय
जवाफ चाहियो हामिलाइ
ती
शहिद्को नाम पायका
वा
तपाई फुल माला लगाउनेहरुको
000
बिच्का दर्शक हामी
आज पनि हामीलाई पिडा बोध हुन्छ
हामी कस्को कुरा सुनौ
सहिद हरु हो
वा
हिजो आज तपाईं हरु को
हाम्रो मुटु को घाउ निको भयको छैन
किनकि ती सहिद हरुको सम्झना बाकी छ
अत्यास लाग्छ
आधार हिन तपाईं का शब्द सुन्दा
आज
बास्तबिक धरातल बाट देख्छु
अब, त
उ सहिद भन्ने पनि बिर्सियो यो देश ले
किनककि
उसको रगत सुकि सकेको छ
न त सम्झना छ
न त स्त्मभ छ
न त कतै सम्मान छ
मलाई लाग्दैछ
उनी, ठुलो नेता भय पछि
हाम्रो घरमा
भुटेको मकै खायको बिर्सिय
त्यो आगन बिर्सिय
त्यो गाउँ बिर्सिय
युद्ध ले दियको मेरो दाइको उपमा
“सहिद ”
000
उनको अनुहार बिर्सिय
अपुरो सपना बिर्सिय
सर्बहाराको मुक्तीको लडाइँ भन्ने सब्द बिर्सिय
खै! यो देश र समयलाई
मेरो के खाचो
यो देश ले आज नेता पायको छ
किनकि
बर्सौ पहिले
हजारौं सहिद बनायर
आज, त्यो गौरबको इतिहास बयाना दियर
उ
नेता बनेको छ
त्यसैले
मेरो देश
परिवर्तन का घाउहरुले काटिएको छ
मुक्तिका बदनाम सब्दहरुले भरिएको छ
आशाका त्यान्द्राहरुले बुनियको छ
समग्रमा कस्ता – कस्ता भाबले पेचियको छ
आज
इतिहास ले
भन्दै छ-:
आवाज टुटेको मेरो देश
हेर्दाहेर्दै …….
सहिद हरायको मेरो देश
सहिद लाई सहिद बनायको मेरो देश
000
सहिद हरायको मेरो देश ।।।
बिक्रम जङ्ग राना
हाल: पेनाङ , मलेसिया
प्रतिक्रिया दिनुहोस