निर्मला पन्तको न्यायका लागि देशभरीबाट जनप्रदर्शनमा सहभागी हुन विप्लवको आव्हान


मङ्सिर १५, काठमाडौं । विप्लव नेतृत्वको नेकपाले बलात्कारपछी हत्या भएकी निर्मला पन्तको न्यायको लागि जनप्रदर्शन गर्ने भएको छ । मंसिर १६ गते नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा देशब्यापी कार्यक्रम गर्ने भएको हो ।

निर्मला पन्तको हत्या भएको ४ महिना भन्दा धेरै बितिसक्दा पनि राज्यले हत्यारो पत्ता लगाउन नसकेपछि न्यायका निम्ति दबाबमुलक बृहत जनप्रदर्शन गर्न विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको छ ।

यसअघि मङ्सिर ८ गतेको बिशाल जनसभामा प्रबक्ता प्रकाण्डले निर्मलाको न्याय दिने प्रतिबद्धता दिएका थिए । निर्मलाको हत्यामा सरकार र सरकारका जनप्रतिनिधिको आफन्त रहेको जिकिर गर्दै सुक्ष्म अनुसन्धान भैरहेको समेत बताएका थिए । हत्यारोलाई आफै पत्ता लगाएर जनकारबाही गर्ने उद्घोष गरेका थिए ।

देशका विभिन्न ठाउमा हुने जनप्रदर्शन कार्यक्रम अन्तर्गत ‘निर्मलाको निम्ति न्यायको दबाबमुलक बृहत जनप्रदर्शन’ बुटवलको चौडाहाबाट ट्राफिकचोकसम्म दिउसो १२ बजेबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीले बताएको छ । साथै यसैसंग संबन्धित समाचार संकलन तथा सम्प्रेषणको लागि बुटवलस्थित सम्पुर्ण पत्रकारहरुलाई उपस्थितको लागि अनुरोध समेत गरेको छ ।

१५ मंसिर २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको