पोर्चुगलमा विप्लवको नेकपा निकट नेपाली प्रगतिशील मोर्चाको अधिवेशनको अन्तिम तयारि पुरा


मङ्सिर १५, पोर्चुगल । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट निकट नेपाली प्रगतिशील मोर्चा पोर्चुगलको प्रथम अधिवेशनको तयारी पूरा भएको छ । डिसेम्बर २ तारिख आईतबार हुने सम्मेलनको पूर्ण तयारी भएको मोर्चाले जनाएको छ ।

सम्मेलनमा युरोप मोर्चाका अध्यक्ष बिष्णु भुजेल सहभागि हुने मोर्चाले जनाएको छ । अधिवेशनमा बेल्जियम, जर्मनी लगायतका देशहरुबाट अतिथिहरु सहभागि हुनेछन् ।

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका संयोजक ईन्द्र न्यौपानेले भने, ‘अधिवेशनलाई आबश्यक पर्ने आर्थिक, भौतिक लगायत सम्पूर्ण तयारी पूरा भयो, हामीले पोर्चुगल स्थित सम्पूर्ण संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, ब्यबसायी, समाजसेवी, पत्रकार लगायत सबैलाई निमन्त्रण गरिसकेका छौं ।

अधिवेशन पोर्चुगलको राजधानी लिस्बोनको आन्जुसस्थित एभरेष्ट क्याफे एन्ड रेस्टुरेन्टमा दिउँसो ३ बजेदेखि सुरु हुने छ ।

२०७५ मंसिर १५,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको