मङ्सिर १५, रोल्पा । ‘मगर हुनुमा गर्व छ’ मगर जातिहरुको आत्म सम्मान तथा पहिचान बोकेको यो एउटा चर्चित भनाई हो । जस्मा आफ्नो पहिचान झल्किन्छ । संस्कृति र संस्कार अनि पहिरन अभिव्यक्त भएको छ ।
रोल्पा जिल्ला मगरहरुको बाहुल्यता भएको जिल्ला हो । उत्पीडनमा परेको जाति मानिने मध्य मगर समुदाय पनि एक हो । आफ्नो बर्ग र समुदायको हक अधिकारको निम्ति भएका परिवर्तनका हरेक संघर्षहरुमा रोल्पाली मगरहरुको अमुल्य योगदान रहेको छ ।
फाइल फोटो: मगर दिवशको
यसरि रोल्पालीहरुलाई ‘मगर हुनुमा गर्व छ’ भन्न सिकाउने एउटा व्यक्ति हुन् ‘नन्द बहादुर घर्ति मगर’ । तिनै अभियन्ता घर्ति मगर अब यो धर्तीमा रहेनन् । बिहिबार साँझ झिसमिसेमै भौतिकरुपमा यो धर्ति छोडेर बिदा भए ।
उनले यो धर्ति छोड्नुमा भने आफ्नै कारण थिएन । निर्ममतापूर्वक उनको हत्या गरियो । बैरीहरुले उनलाई जीवित रहन दिएनन ।
उत्पीडन समाजको एउटा सचेतक व्यक्तिको निधनले रोल्पा र रोल्पालीहरु नै स्तब्ध भए । नन्द बहादुर घर्ति मगर रोल्पा र रोल्पालीहरुको सचेतक थिए । उनि मगर समुदायका बौद्धिक ब्यक्तिका रुपमा परिचित थिए । बिभिन्न सामाजिक संघ संस्थाहरुमा पनि आबद्द थिए । भर्खरैमात्र संसारभर निर्माण भएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका सल्लाहकार समेत थिए ।
उत्पीडित मगर समुदायको संगठन ‘नेपाल मगर संघ रोल्पा’को अध्यक्षको रुपमा लामो समय जिम्मा निर्बाह गरेका थिए । त्यसैगरि ‘नेपाल मगर संघ केन्द्रिय पुर्व उपाध्यक्ष समेत हुन् । उक्त समुदायको अभिभावक मानिन्थे ।
रोल्पा कोर्चाबाङका घर्ती बौद्धिकताको हिसाबले एक लेखक तथा विश्लेषक हुन । कुशल शिक्षक पनि हुन । घर्ति एक सुझबुझयुक्त राजनीतिकर्मी पनि मानिन्थे ।
पछिल्लो समय शिक्षण पेशासंगै रोल्पामा स्टेसनरी ब्यबसायी बनेका घर्ती हाल घोराहीमा हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए ।
रोल्पाली मगरहरुको उत्थानमा उनको भूमिका
४६ बर्षीय घर्ती मगरले ‘नेपाल मगर संघ रोल्पा’लाई महत्वपूर्ण योगदान दिएका छन । २०५६ साल देखि २०६२ सालसम्म अध्यक्षको भूमिकामा रहेका थिए । त्यसपछि नेपाल मगर संघ केन्द्रीय उपाध्यक्षको जिम्मेवारी समेत बहन गरेका थिए ।
पछिल्लो समय अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको केन्द्रिय सल्लाहकार समेत थिए ।
रोल्पाली मगर, नेपाली समाज र देश बिकासको लागि सामाजिक अभियन्ता बने । उनि मगर समुदायमा बौद्धिक ब्यक्ति थिए । समुदायको उत्थानका लागि कठोर संघर्ष गर्ने ब्यक्ति मध्ये पर्छन ।
लामो समय शिक्षण पेशामा रहेका घर्ती मगरले समुदायका बालबालिकाहरुको शैक्षिक चेतनामा पनि महत्वपूर्ण भूमिका रहेको छ । उनि संग राजनीतिक चेतना पनि भएको हुँदा उनको शिक्षण सिकाई सामाजिकीकरण तिर उन्मुख थियो ।
अन्त्यन्त मिजासिलो स्वाभावका घर्तीले मगर समुदायलाई एक जुट गराउनका लागि ठुलो कसरत गरेका थिए । बिशेषगरी दाङमा देखिएको मगर संघको फाटोलाई मिलाउन घर्तीको महत्वपुर्ण भूमिका रहेको थियो ।
नेपाल मगर संघको शोक बक्तब्य तथा प्रेश बक्तब्य
घर्तीको हत्याप्रति विभिन्न संघसस्था तथा ब्यक्तिहरुले दुख प्रकट गरेका छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति रोल्पाले शोक बक्तब्य जारिगरेको छ ।
उनको हत्याको खबरले निकै ठुलो क्षेती भएको जनाउदै मगर संघ रोल्पाले दुख व्यक्त गरेको छ । उक्त घटनाप्रति ध्यानाकर्षण गराउदै हत्यारालाई कडा कारबाही गर्न जोडदाररुपमा माग गरेको छ ।
यसैगरि नेपाल मगर संघ केन्द्रले पनि शोक बक्तव्य जारिगरेको छ । घर्तीको हत्या बिषयलाई निकै गम्भीरताका साथ लिएको जनाउदै हत्याको निष्पक्ष छानबिनगरि कारबाही गर्न सरकार संग जोडदाररुपमा माग गरेको छ ।
यदि हत्यारालाई कारबाही नगरे जनताको तहबाट पहलकदमी लिएर न्याय दिने चेतावनी समेत मगर संघ केन्द्रले दिएको छ ।
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको शोक बक्तब्य
अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले सल्लाहकार घर्तीको हत्या जघन्य अपराध भएको जनाउदै घोर भर्त्सना गरेको छ । शोक बक्तब्य जारि गर्दै निष्पक्ष छानबिन गरि दोषीलाई जन्मकैदको सजायको समेत माग गरेको छ ।
समाजको शोक बक्तव्यमा भनिएको छ, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका सल्लाहकार, एक कुशल लेखक, शिक्षक, समाजसेवी, ब्यबसायी, नेपाल मगर सङ्घका पुर्ब केन्द्रिय उपाध्यक्ष तथा रोल्पा जिल्ला माडी गाउँ पालिका ०६ , कोर्चाबाङ निबासी श्री नन्द बहादुर घर्तिको बीभत्स हत्याको खबरले हामी निकै मर्माहत छौ’।
कसरि भयो हत्या ?
बिहीबार बेलुका एक जनाले ५ लाख रुपैयाको हार्डवेयरका सामान खरिद गरेको र २ लाख ५४ हजार अपुग भएपछि थप पैंसा दिन भनी सँगै लिएर गएको आधा घण्टामा घटनाका भएको थियो ।
रोल्पा माडी गाउँपालिका–६ कोर्चाबाङ स्थायी घर भई घोराहीमा हार्डवेयर व्यवसाय गर्दै आएका ४६ वर्षीय नन्दबहादुर घर्ती मगरको घोराही उपमहानगरपालिका–१३ लामीडाँडास्थित दुधेसोतामा छुरा प्रहार गरी हत्या भएको थियो ।
गम्भिर घाइते अवस्थामा स्थानीयले फेला पारेपछि उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पुर्याइए पनि अस्पताल पुगे लगत्तै चिकित्सकले मृत घोषणा गरेको थियो ।
सामान खरिद गर्न आएका रोल्पा तालाबाङका अमर खत्रीलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । खत्रीलाई कोठामा पुगेर रगत लागेको कपडा फेरिसकेको अवस्थमा फेला पारेको प्रहरीले जनाएको छ। खत्री पनि घाइते भएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको एसपी पाण्डेले बताएका छन्।
प्रतिक्रिया दिनुहोस