विप्लव र प्रकाण्ड विच समानान्तर कमिटी बने भन्नु भ्रम मात्रै – कार्की


मङ्सिर १५, काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्व्युरो सदस्य मोहन बहादुर कार्की ‘जिवन्त’ले नेकपामा समानान्तर कमिटी बनेको भनेर केही अनलाइन मिडियामा अाएको समाचार हास्यास्पद भएको बताएका छन ।

केही हप्ता यता केही अनलाइनहरुले नेकपामा जवसमोर्चामा २ कमिटी बनेको र पार्टी महासचिव विप्लव र प्रवक्ता प्रकाण्डका छुट्टाछुट्टै कमिटी बनेको भनेर अाएका समाचार प्रति लक्षित गर्दै नेता कार्किले गत ८ गतेको बिशाल जनशभा र वृहत् जनप्रदर्शन देखेर हाम्रो पार्टीको देशभरको जनलहर र लोकप्रियता देखेर अतालिएका केही मान्छेहरुले पार्टी बिरुद्ध अफवाह फैलाएको अारोप लगाएका छन् ।

एकअर्को प्रशङमा कुरा गर्दै नेता कार्किले अहिले सम्म हाम्रो पार्टीमा कोही कसैले समानान्तर कमिटी बनाएको छैन यो भ्रमबाट मुक्त हुन अाग्रह गरेका छन । जनस्वास्थ्यकर्मि महासंघमा पदाधिकारी कसलाई बनाउने भन्ने बिषयमा पार्टी हेडक्वाटरमा नै एकमतले छलफल भएर, पार्टी निर्णय अनुसार टिका कडेलको अध्यक्षतामा कमिटी बनेको उनले बताए । नेता कार्किले जनस्वास्थ्यबाट विदा भईसकेकाहरुले छुट्टै सँगठन बनाउनुको कुन तुक नहुने र त्यो बैधानिक पनि नहुने समेत बताए ।

पत्रकार संगठन बारे प्रकाश डुम्रेको अध्यक्षतामा कमिटी क्रियशिल भएर देशभर पुगेको वेला पार्टिबाट कारबाही परेका र पार्टीमा सदस्य नै नभएका मान्छेहरु बाहिर के कमिटी बनाउछन के गर्छन त्यो बिषयको कुन तुक नहुने कार्कीको तर्क थियोे ।

जवस मोर्चाका ईन्चार्ज समेत रहेका नेता कार्किले भने पार्टी विरुद्ध विभिन्न तत्वहरु लागि परेकोले सचेत रहन नेता तथा कार्यकर्तालाई अाग्रह समेत गरेका छन् । हाम्रो पार्टीको देशब्यापि माहोल र जनलहर देखेपछि केही मान्छेहरु पार्टी बिरुद्ध योजनाबद्ध ढंगले लागेको र समानान्तर कमिटीको हौवा पिटाएका छन यो गलत हो उनलेे भने ।

पार्टीका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड बिच कुनै मतभेद नभएको नेता कार्कीले बताए, उनले पार्टी एकमत भएर अगाडि बढेको छ । पार्टी नयाँ उचाइमा पुग्ने देखेपछि केही मान्छेहरु योजनाबद्ध ढंगले समानान्तर कमिटीको हौवा पिटेर पार्टीलाई कमजोर बनाउन लागेका छन यसबाट सचेत हुन आग्रह गरेका छन् ।

१५ मंसिर २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको