असोज १५, काठमाडौँ । मह तपाईको स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ तर आजकल बजारमा उपलब्ध मिलावटी मह जताततै बिक्री भैरहेको छ ।
यस स्थितिमा मह खानुको कुनै फाइदा छैन, यसकारण तपाईले यो जान्न आवश्यक हुन्छ कि वास्तवमा सक्कली र नक्कली मह कसरि पहिचान गर्ने?
हुनत: सक्कली र नक्कली मह हेर्दा उस्तै लाग्छ, यसकारण यसको पहिचान गर्न थोरै कठिन हुन्छ । नक्कली महमा शुगर सिरप, कोर्न सिरप र विभिन्न फ्लेभर मिलाएर यसलाई सक्कली जस्तो बनाउने कोशिश गरिन्छ । यसकारण आज हामी चर्चा गर्दैछौँ, सक्कली र नक्कली मह पहिचान गर्ने केही सहज ४ उपायहरू बारेमा, जुन यस्ता छन् ।
थम्ब(औँला) टेस्ट
यसको लागि सबैभन्दा पहिले महमा आफ्नो औंला हाल्नुहोस् र बाहिर निकाल्नुहोस् । यसपछि हेर्नुहोस् कि औँलामा पूरा मह बगेको छ कि वा मह अझैँ पनि औंलामा छ । यदि मह औँलामा टासिएको छ भने तपाईले बुझ्नुपर्दछ कि यो सक्कली हो जबकि नक्कली मह पानी जस्तै औँलाबाट बग्छ ।
आयोडिन टेस्ट
तपाई यसको जाँच आयोडिनले पनि गर्न सक्नुहुन्छ । यसको लागि महलाई पानीमा मिलाउनुहोस् र यसमा आयोडिन हल्नुहोस् र यदि आयोडिन मिलाउँदा यो निलो रंगमा परिवर्तन हुन्छ भने यसमा स्टार्च आदि मिलावट हुनसक्छ ।
वाटर(पानी) टेस्ट
यस टेस्टमा तपाई एक गिलास पानीको माध्यमले सक्कली महको पहिचान गर्न सक्नुहुन्छ । यसको लागि एक गिलास पानी लिनुहोस् र यसमा एक चम्मच मह हाल्नुहोस् र हेर्नुहोस् कि के मह पानीमा डुब्दै छ भने यो मह सक्कली हो । यदि मह पानीमा घुल्छ भने यस महमा मिलावट गरिएको हुन्छ ।
फायर(आगो) टेस्ट
सक्कली महको पहिचान हुन्छ कि यसमा आगो लाग्न सक्छ । आगो माध्यमले महको जाँच गर्नको लागि पहिले एक सलाई काटी कोरेर आगो बाल्नुहोस् र महमा आगो लगाउने कोशिश गर्नुहोस्, यदि महमा आगो लाग्छ भने यस्तो महमा कुनै मिलावट हुँदैन र यो सक्कली मह हो ।
प्रतिक्रिया दिनुहोस