माओवादीको आधार इलाका थप मजबुत हुँदै


असोज १५, रोल्पा ।नेत्र बिक्रम चन्द नेतृत्वको नेकपाले आफ्नो आधार इलाका ठान्दै आएको रोल्पामा संगठन विस्तारलाई थप मजबुत पार्न खोजिरहेको छ ।

संगठन बिस्तारको क्रममा नेकपा निकट संगठन अखिल क्रान्तिकारीले भिमसेन माध्यमिक बिधालय रुन्टिगढी -५ सैबाङ रोल्पामा सेल कमिटि निर्माण गरेको छ ।

अखिलका जिल्ला संयोजक सुशील परियारले संचालान गरेको बैठकले गणेश पुनको अध्यक्षतामा ६८ सदस्य मुल इकाई समिति गठन गरेको छ ।

नेपालमा दलाल भ्रष्टाचार, जनघात बढेको र हरेक क्षेत्रमा दलालिकरण, भ्रष्टिकरणलाई अहिलेको दलाल सरकारले मलजल गरेको छ, अब नेपालमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन नगरी नहुने स्थिति देखिएकोले बिधार्थी वर्ग पनि आफ्नो ठाउँवाट संगठित हुने समय आएको नव गठित कमिटिका अध्यक्ष पुनले बताए ।

 

१५ आश्विन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको