असोज १५, प्यूठान । प्यूठानमा सोमबार बिहान भएको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
लु १ च ३४७२ नं को पिकअप जिप दुर्घटनामा गौमुखी गाउँपालिका ५ बस्ने शालिक बस्नेतको घटना स्थलमै ज्यान गएको हो । ठूलावेशीबाट बाग्दुला आउँदै गरेको जीप गौमुखी ५ सालीबिसौनामा दुर्घटनामा परेको हो ।
ओरालोमा गुडीरहेको गाडी ब्रेक फेल हुँदा बाटोको कुनामा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । स्थानीय र प्रहरीको सक्रियतामा उद्वार कार्य भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस