प्रचण्डले पार्टी एमालेमा विलय गराएको भन्दै ५० भन्दा बढी नेता-कार्याकर्ता विप्लवतिर लागे


भदौ १६, दार्चुला। पुर्व माओवादी केन्द्र एमालेमा बिलय भएको भन्दै दार्चुला जिल्लाको नौगाड गाँउपालिकाको साङपाङमा पूर्व माओवादी केन्द्रको सिंगै गाउँ समितिका ५० भन्दा बढी नेता-कार्याकर्ता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।

प्रचण्डले सिङ्गो माओवादी केन्द्रलाई एमालेमा विलय गराएको भन्दै पूर्व माओवादी केन्द्रको पुरै गाउँ विकास समिति नेकपामा प्रवेश भएको जानकारी नेकपाका दार्चुला जिल्ला इन्चार्ज रमेश नेपालीले दिएका छन् ।

जनतालाई अझै क्रान्तिकारी आवस्यकता भएको भन्दै नेकपाको अभियानमा आबद्ध भएको जनाएका छन्।

नवप्रवेशीहरुलाई जिल्ला इन्चार्ज रमेश नेपालीले स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका पूर्व गाविस अध्यक्ष रामसिंह ठगुन्नाले नेतृत्वले पार्टी एमालेमा विलय गराएको भन्दै आक्रोश पोखेका थिए ।

जनयुद्धकालमा जिल्ला इन्चार्ज उत्पादन गरेको यो गाँउ जहिले पनि राज्यको विरुद्धमा उभिने गरेको छ । जनयुद्धकालमा नेपाली सेनाले बिभत्स तरिकाले हत्या गरेका तत्कालीन जिल्ला इन्चार्ज विवेक ठगुन्नाको गाउँ हो ।

१६ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको