भदौ १६, काठमाडौं । भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी शनिबार मानसरोवर यात्रामा निस्केका छन् ।
उनी भर्खरै चाइना साउथर्न एयरबाट ल्हासा हुँदै मानसरोवर यात्रामा निस्किएका बताइएको छ । उनको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम नभएको स्रोतले जनाएको छ ।
उनी शुक्रबारमात्रै काठमाडौं आइपुगेका हुन्। १२ देखि १५ दिनसम्म लाग्ने कैलाश मानसरोवर यात्राको रूटको विस्तृत विवरण सुरक्षाका कारण सार्वजनिक नगरिएको कंग्रेसका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस