नेपालले मलेसियालाई दियो १८९ रनको लक्ष्य


भदौ १६, काठमाडौं । एसीसी एसिया कप छनोट अन्तरगत आफ्नो तेस्रो खेलमा नेपालले मलेसियालाई जितका लागि १८९ रनको चुनौती दिएको छ ।

वर्षाका कारण खेल सुरु हुन ढिला भएपछि ३० ओभरमा झारिएको खेलमा नेपालले ७ विकेट गुमाउँदै मलेसियासामु १८८ रनको स्कोर खडा गरेको हो ।

सुरुवातमा नेपालका ब्याट्सम्यानले निकै खराब ब्याटिङ गरेका थिए । ६०/५ को अवस्थाबाट दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले ८७ बलमा १०१ रनको साझेदारी गरेपछि नेपालले उच्च स्कोर बनाउन सकेको हो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ६४ रन बनाए । ४८ बल खेलेका आरिफले ५ चौका र २ छक्का प्रहार गरे । दीपेन्द्र ऐरीले ५१ बलमा ५४ रन प्रहार गरे । नेपालका लागि अनील शाह १६, पारस खड्काले १३, सुवास खकुरेलले ९, ज्ञानेन्द्र मल्ल ११ र वसन्त रेग्मीले ६ रनको योगदान गरे ।

ओमान र युएईसँग खेलेका एसिया कप छनोटका दुई खेलमा पराजय व्यहोरेको नेपाल एसिया कपमा छनोट हुने झिनो आशासहित आयोजक मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ ।

१६ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको