भदौ १६, रोल्पा । कञ्चन्पुरको घटना सेलाउन नपाउँदै रोल्पामा साढे ६ वर्षीया बालिका बलाकृत भएकी छिन् ।
पूर्वी रोल्पाको खुमेलमा १२ दिन अगाडि बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ । बालिका आफन्त पर्ने १५ बर्षीय किशोरबाट बलात्कृत भएकी छिन् ।
उनले बालिकालाई कतै नभन्न भन्दै तर्साएकाले बालिकाले आफु बलात्कृत भएको कतै भनेकी थिइनन् । बालिकाका आफन्तका अनुसार बलात्कार भएकी बालिका केही दिनदेखि बिरामी पर्न थालेकी थिइन ।
शुक्रबार छोरी धेरै बिरामी भएपछि उनकी आमाले उपचारका लागि छिमेकि जिल्ला प्युठानको प्राथमिक स्वास्थ्य केन्द्र भिङग्री पु-याइएकी थिइन् । उनलार्इ अस्पताल लगिएपछि उनी बलात्कृत भएको खुलेको थियो ।
त्यसपछि बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् । किशोर यतिबेला प्रहरी हिरासतमा छन् भने उनले अपराध स्वीकारेका छन् ।
प्रतिक्रिया दिनुहोस