रुकुममा खोलामा बगेर श्रीमान–श्रीमतीको मृत्यु


भदौ १६, रुकुम । रुकुममा छोराको ससुरालीबाट फर्कदै गर्दा खोलाले बगाउँदा श्रीमान श्रीमतीको मृत्यु भएको छ ।

रुकुम(पश्चिम)को बाँफिकोट गाउँपालिका ८ दुलि दुलिखाका ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको बाँफिकोटको बडगाई खोलामा बगेर मृत्यु भएको हो ।

बाँफिकोट गाउँपालिका–५ बडगाउँमा छोराको ससुरालीबाट फर्कदै गर्दा घर्ती दम्पती बिहीबार बेलुकी उक्त वडाकै ढाँरा भन्ने ठाउँबाट खोलामा बगेका थिए । खोलामा रहेको काँठको पुल तर्ने क्रममा चिप्लिएर बगेका घर्ती दम्पतीमध्ये श्रीमान अमृतको शव शुक्रबार बेलुकी फेला परेको थियो ।

बगेको स्थानभन्दा करिब दुई सय मिटर तल उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ । त्यस्तै श्रीमती तुलसाको शव भने आज बिहान सात बजेतिर फेला परेको छ ।

१६ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको