सल्यानमा मोटरसाइकलबाट एक महिला घाइते, चालक फरार


भदाै १६, सल्यान । सल्यानमा मोटरसाइकलको ठक्कर बाट एक जना महिला घाइते भएकी छन् ।

जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजारमा बस्दै आएकी सुर्खेत सिम्ता गाउपालिका वडा नम्बर ६ ठिग्निकी अन्दाजी ६० वर्षीया भद्रकली बुढालाई मोटरसाइकलले ठक्कर दिदा घाइते भएकी हुन् ।

उनलार्इ शुक्रबार बालुवा सङ्ग्रहि बाट सल्लीबजार तिर आउदै गरेको भे ७ प ५५७२ नम्बरको मोटरसाइकलले ठक्कर दिइएको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जानकारी दिएको छ ।

ठक्कर दिएर मोटरसाइकल चालक फरार भएकाे र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका ईलाका प्रहरी कार्यालय सल्लीबजारका हवल्दार लक्ष्मण अधिकारीले जानकारी दिएका छन् ।

घाइते बुढाको टाउकोमा चोट लागेकाे र सुर्खेत मेहेलकुनामा उपचार गरेरे घर फर्काएकाे जनाइएकाे छ ।

१६ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको