बाहिरी चक्रपथः ‘ल्यान्ड पुलिङ’ मापदण्ड विपरीत कित्ताकाट


भदौ १६, काठमाडौं । सहरी विकास मन्त्रालयले बाहिरी चक्रपथ आयोजनामा तोकिएको सडकसीमाभित्र ‘ल्यान्ड पुलिङ’ मापदण्डविपरीत जग्गा कित्ताकाट गरिएको भन्दै उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीसँग स्पष्टीकरण मागेको छ ।

कान्तिपुरको पृष्ठ ५ मा छापिएको समाचारअनुसार, चोभार सतुंगलबीचको करिब ६ किलोमिटर खण्डमा ३ आनाभन्दा कम जग्गा कित्ताकाट गरिएको पाइएको मन्त्रालयले जनाएको छ ।

सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले पछिल्लो समय उक्त खण्डमा कित्ताकाट गर्दा व्यापक चलखेल भएको भन्दै तिवारीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका हुन् ।

जति बढी कम क्षेत्रफलमा कित्ताकाट भइ जग्गा बिक्री हुन्छ, ल्यान्ड पुलिङको मापदण्डअनुसार सरकारले आयोजना अघि बढाउँदा राज्यलाई उत्ति बढी आर्थिक व्ययभार पर्छ ।

अहिलेकै अवस्थामा ल्यान्ड पुलिङ गर्दा झन्डै ५० अर्ब रुपैयाँभन्दा बढी भार पर्ने जनाइएको छ । ल्यान्डपुलिङ भनेको ढल, बाटो, खुला क्षेत्र तथा भौतिक पूर्वाधार विकास गरी कित्ताहरु पुनः छुट्याएर साबिक जग्गाधनिलाई नै फिर्ता दिने विधि हो ।

१६ भाद्र २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको