पछिल्लोपटक चर्चाको शिखरमा रहेकी गायिका शान्ति श्री परियार सांगीतिक कार्यक्रमका लागि देश-विदेश दौडाहामा व्यस्त छिन। यहि तीजकै अवसरमा अस्ट्रेलिया, कोरिया, मलेसिया लगायतका विभिन्न देशहरुमा सांगीतिक टुर सकाएर भर्खरै नेपाल फर्किएकि छिन र अब भने लगतै उनको सांगीतिक यात्रा युएई हुने भएको छ।
हिन्दु नारीहरुको पर्ब हरितालिका तिज अबसरमा बोल माया गितको चर्चित लोक गायिका शान्ति श्री परियार युएई आउन मात्र अब एक हप्ता बाँकी छ, अर्थात आउदो सुक्रवार भव्य सांगीतिक कार्यक्रम हुनेछ। उनि संगै चर्चित लोक गायक म्याक्सम खाती र दिपु मगर पनि युएई आउने छन्।
नेपालबाट आउने यिनै राष्ट्रिय कलाकारहरुलाई युएईका स्थानीय कलाकारहरुले साथ् दिने छन् ।
उक्त ‘सयुंक्त तिज बिशेष २०७५’ कार्यक्रमको आयोजक छिमेकी जिल्लाहरु दाङदेउखुरी समाज युएई, प्युठान स्वर्गद्वारी समाज युएई र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएई रहेका छन।
‘सयुंक्त तिज बिशेष २०७५’ कार्यक्रमको अन्तिम तयारी पुरा भएको कार्यक्रम संयोजक तथा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईका सल्लाहकार दिलाराम ओलीले बताएका छन्। उनले भने ‘अब स्वदेशबाट आउनुहुने कलाकारहरुको बेजोड प्रस्तुति हेर्न युएईबासीहरु आतुर छन्’।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाली दूतावासका राजदुतलाई आयोजकले उपस्थिति गराउन पहल भएपनि यस्ता कार्यक्रमहरुमा दूतावास सहभागी नहुने नेपाली दूतावास अबुधावीले जनाएको छ।
संयुक्त तीज बिशेष कार्यक्रम यहि आउदो सेप्टेम्बर ७ तारीखमा बरदुवइको देरा स्थित कार्टन टावरको हलमा हुने भएको छ ।
तिज बिशेष कार्यक्रम दिउसो १ बजे देखि सुरु हुने आयोजकले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस