कर्मसहि घर्ती मगर/ १७ पुस, रुकुम (पूर्व)
गत पुस १४ गतेको गाउँ सभाले पुथा उत्तरगंगा गाउँपालिकाको केन्द्र बिर्गम पदमीलाई सदर गरे पछि अहिले साबिक कामकाजी केन्द्र कोलले बिरोध जनाएको कुरा पुथा उत्तरगंगा गाउँपालिकाका प्रवक्ता भीम बहादुर मल्लले बताए । अहिले उक्त गाउँपालिका वडा नम्बर १२ कोलका जनता निकै आक्रोशित भएको बताईएको छ ।
पार्टीका झण्डा र ब्यानरहरू जलाएर उनीहरुले अब आइन्दा कुनै पनि राजनैतिक पार्टीहरुलाई कोल प्रवेश निषेध गरिने कुरा उक्त आन्दोलन समिति संयोजक दिलमान पुनद्वारा आज वितरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
असन्तुष्ट कोलबासी जनताले गाउँपालिकाका सम्पूर्ण पदाधिकारीहरुको राजीनामा र कोलमा पालिका पुनस्थापना हुनु पर्ने माग गर्दै जुलुस निकालेका थिए । जुलुस गाउँबाट तत्कालीन कामचलाउ पालिका कार्यालयमा गएर कोणसभामा परिणत भएको थियो । उनीहरुले चुनाबताकाका झण्डा , पम्पलेट र गाउँपालिकाको ब्यानर र झण्डा जलाएका थिए । काम चलाउ पालिकामा ताला बन्दी गरेका छन् ।
स्मरणरहोस् यस अघि कुनै पनि कामकाजी काम कोलबाट सुचारू हुँदै आएको थियो । पुस १४ गते पालिका केन्द्र तोक्नै पर्ने हुँदा वडा नं. ९ तक र वडा नं. १२ कोलबीच निकै खिचातानी भएको थियो । माथिल्लो र अरु वडाहरु लगभग सबै तटष्थ बसेको कारण कोल या तक केन्द्र हुनै पर्ने दुबैथरिको माग पूरा हुन पाएन । दुबै पक्ष उत्तिकै प्रतिबादमा देखिए पछि गाउँसभाले मध्यमार्गी बाटो अबलम्वन गरेको थियो । अन्त्यमा दुबै पक्ष गाउँ सभाकै निर्णयमा सहमति भए पछि सहमतीय आधारमा नै केन्द्र बिर्गुम पदमी भनेर हस्ताक्षर गरेको कुरा प्रवक्ता मल्लले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस